जिल्ला समन्वय समिति कास्कीद्वारा सडक डिभिजन पोखरा मातहतका योजना अनुगमन
- Pokhara Express
- २०८२ माघ २१ मङ्गलबार
पोखरा एक्सप्रेस ,पोखरा ।
जिल्ला समन्वय समिति कास्किद्वारा मंगलबार सडक डिभिजन कार्यालय पोखरा मातहतका योजना अनुगमन गरेको छ।
सो कार्यालय मातहत संचालित कास्की र पर्बत जोड्ने भुरुङ्दी खोला मोटरेबल पूल र सुइखेत सेरा मोटरेबल पूल अनुगमन गरिएको हो ।
कास्की जिल्ला अन्नपूर्ण गापा र पर्बत जिल्ला मोदी गापा-१ भुरुङ्दी खोलामा निर्माणधिन पक्की पुलको
मिति २०७२कार्तिक महिना सम्झौता भएर करिब ९ बर्ष सम्म निर्माण अबरुद्ध रहेको थियो। सडक डिभिजन कार्यालय बाग्लुङ मातहत संचालित सो आयोजना आर्थिक बर्ष २०८०-२०८१ फागुनमा सडक डिभिजन कार्यालय पोखरा लाई हस्तान्तरण भए पश्चात् जिल्ला समन्वय समिति कास्कीको निरन्तर अनुगमन ,समन्वय पश्चात आयोजनाको करिब ८५ % भौतिक निर्माण कार्य सम्पन्न भएको २०८२ साल पुष मसान्तसम्म सम्पन्न हुने अपेक्षा गरिएको जिल्ला समन्वय समिति कास्कीले जानकारी दिएको छ।
त्यसै गरि पोखरा २५ मा निर्माणाधिन अर्को सुइखेत सेरा मोटरेबल पूलको समेत अगुगमन गरि निर्माण प्रगतिको जानकारी लिइएको जनाइएको छ।मिति २०७८ जेठ २९ मा सम्झौता भएर २०८० मंसिर ३० मा निर्माण सम्पन्न हुनुपर्ने उक्त पूलको दुई पटक म्याद थप भैसकेको जनाइएको छ।२ स्प्यान मा ६० मिटर का लामो उक्त पूल २०८३ असार मसान्तसम्म सम्पन्न गर्ने गरि कार्य भैरहेको निर्धारित मितिमा हुनेमा आशाबादी रहेको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उल्लेख गर्नुभयो ।
अनुगमनका क्रममा आयोजना सुचारु गर्नु अघि उपभोक्तासंग टुंगिनु पर्ने बिषयमा सो नगरी आयोजना थालनी गरिएको ,आयोजना निर्माणका क्रममा बिचमा आउने मागहरू , बजेट कम बिनियोजन , सरकारी पक्ष बाट समयमा रकम भुक्तानीमा ढिलाइ हुनु र आयोजनामा रकम अभाव , नीति नियमको कार्यान्वयन फितलो, र निर्माण कम्पनीहरूको लापरबाही जस्ता कमजोरी देखिएको उहाँले बताउनु भयो।
कमिकमजोरिको समयमै निराकरण गर्ने सरकारी निकाय गम्भीर बन्नुपर्ने भन्दै पौडेलले स्थानिय सरोकारवाला उपभोक्ता समेत सचेत हुनुपर्ने उल्लेख गर्नुभयो ।

त्यसैगरि निर्माण प्रारम्भ भएर पटक पटक ध्यानाकर्षण गराउदा समेत योजनाको ठेक्का प्रक्रिया नै रद्ध हुन पुगेको फिर्केखोला पूलको निरीक्षण समेत गरिएको छ।
हाल यश आर्थिक बर्षमा बजेट नै बिनियोजन हुन नसकेको भन्दै उक्त पूलको पुन: ठेक्का प्रक्रिया अबरुद्ध रहेको छ।
फिर्केस्थित पुरानो पूलबाट हाल यातायात संचालन भैरहेको अबस्था भए पनि तार बार अभावमा अत्याधिक दुर्घटनाको जोखिम देखिएको हुदा तत्काल अस्थायी सुरक्षाको प्रबन्ध मिलाइएको बताइएको छ।
तपाईको प्रतिक्रिया