पोखरामा ‘कोड फर इम्प्याक्ट’ ह्याकाथन सम्पन्न टिम एक्सेस कोड र टिम सिनाप्टिक सेमिफाइनलमा
- Pokhara Express
- २०८२ माघ ११ शनिवार
पोखरा एक्सप्रेस ,पोखरा ।
‘कोड फर इम्प्याक्टः युएस नेपाल टेक इनोभेसन ह्याकाथन सिरिज’ अन्तर्गतको पोखरा संस्करण सम्पन्न भएको छ । पोखरा इभेन्ट सेन्टरमा माघ ८ र ९ गते (जनवरी २२–२३) सञ्चालित दुई दिने उक्त कार्यक्रमले गण्डकी प्रदेशका युवा नवप्रवर्तकहरूलाई एकै ठाउँमा ल्याएको हो ।
बुटवलबाट सुरु भएको यो राष्ट्रिय यात्राले पोखरामा स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, वित्त र डिजिटल व्यापार जस्ता प्रमुख क्षेत्रहरूमा प्रविधि–आधारित समाधान खोज्न युवाहरूलाई प्रोत्साहित गरेको कार्यक्रम व्यवस्थापक पुनम रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार सहभागी टोलीहरूले दुई दिनसम्म समस्याको गहन विश्लेषण, प्रोटोटाइप निर्माण र प्रस्तुतीकरण (पिचिङ) गरेका थिए ।
प्रतिस्पर्धाको अन्त्यमा ‘टिम एक्सेस कोड’ र ‘टिम सिनाप्टिक’ लाई गण्डकी प्रदेशको विजेता तथा सेमिफाइनलिस्ट घोषित गरिएको छ । टिम एक्सेस कोडमा अरुण श्रेष्ठ, छवि आले, रोहन राज पौडेल र धिरज कुमार चौरासिया रहनुभएको भछ । त्यस्तै, टिम सिनाप्टिकमा आर्या पाठक, हिमेश दुलाल, सफल नर्सिङ श्रेष्ठ, स्वोहम कायस्थ र श्रेयान वस्ती आवद्ध छन् ।
विजेता टोली टिम एक्सेस कोडका अरुण श्रेष्ठले यस ह्याकाथनको विशेषताका बारेमा भन्नुभयो, “कोड फर इम्प्याक्ट अन्य ह्याकाथनभन्दा फरक छ । यसले केवल प्रतिस्पर्धा मात्र गराउँदैन, बरु दीर्घकालीन मेन्टोरशिप, फलोअप र उत्पादनलाई बजार योग्य बनाउन निरन्तर सहयोग प्रदान गर्छ ।”
नेपालस्थित अमेरिकी दूतावासको सहयोगमा सञ्चालित यो ६ महिने राष्ट्रिय कार्यक्रमले सातै प्रदेशका १७५ भन्दा बढी युवा नवप्रवर्तकहरूलाई समेट्ने लक्ष्य राखेको आयोजकको भनाइ छ । यो कार्यक्रम आध्यान्त एडभाइजरी ९ब्बमथबलतब ब्मखष्कयचथ० एमचाम नेपाल (ब्mऋजबm ल्भउब)ि र आध्यान्त फण्ड म्यानेजमेन्टको साझेदारीमा सञ्चालन भइरहेको हो ।
कार्यक्रमले भर्चुअल बुटक्याम्प र प्रादेशिक ह्याकाथनमार्फत उत्कृष्ट टोलीहरू छनोट गरी उनीहरूलाई लगानीका लागि तयार पार्ने र राष्ट्रिय स्तरमा सहभागी गराउने उद्देश्य राखेको छ ।
आयोजकका अनुसार पोखरापछि यो ह्याकाथन श्रृंखला अब धनगढी र विराटनगर (जनवरी २६–२७), जनकपुर (जनवरी ३०–३१), सुर्खेत (जनवरी ३१–फेब्रुअरी १) हुँदै काठमाडौं (फेब्रुअरी ५–६) मा पुगेर समापन हुनेछ ।
तपाईको प्रतिक्रिया