पोखरा एक्सप्रेस ,पोखरा ।
कस्केली अधिकृत समाजको ११ औं साधारणसभा एवम् आठौं अधिवेशन यही माघ १० गते हुने भएको छ ।
पोखराको बास्तोलाथरस्थित पोखरा पार्टी प्यालेसमा साधारणसभा एवम् अधिवेशन गर्ने गरी तयारी गरिएको समाजका सचिव महेश पौडेलले जानकारी दिनुुभयो । अधिवेशनका अवसरमा समाजको प्रकाशन अधिकृत आवाज २०८२ (अङ्क ११) लोकार्पण समेत गरिने उहाँले बताउनुुभयो ।
अधिकृत आवाजको प्रधान सम्पादकमा दुुर्गाबहादुर शाह ‘बाबा‘ रहनुभएको छ भने सम्पादकहरूमा चन्द्रबहादुर सुवेदी, देवेन्द्र केसी ‘देवुु’, ऋषिराम लामिछाने र वसन्त चालिसे रहनुुभएको छ ।
त्यस्तै अधिकृत आवाजको प्रकाशन तथा व्यवस्थापन समितिको संयोजकमा महेश पौडेल रहनुभएको छ भने सदस्यहरूमा विष्णुप्रसाद पोखरेल, सुमित्रा मल्ल उदास, अनिलकुमार शाही, वासुदेव पौडेल, सन्तोष ढुङ्गाना र चन्द्रवती अधिकारी वाग्ले रहनुुभएको छ ।
साधारणसभा तथा अधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्नका लागि विभिन्न चारवटा उप समितिहरू गठन गरिएको छ । उपसमितिका संयोजकहरूमा संस्थाका अध्यक्ष चन्द्रबहादुर सुवेदी, उपाध्यक्ष लोकनाथ दवाडी, सचिव महेश पौडेल र सदस्य सन्तोष ढुङ्गाना रहनुुभएको छ ।
यसैबीच साधारसभा तथा अधिवेशनको तयारीमा सम्बन्धमा आज बसेको समाजको कार्यसमतिको बैठकमा आफ्नो कार्यकालको समिक्षा गरिएको छ । समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदीको अध्यक्षता एवम् सचिव महेश पौडेलले सञ्चालन गर्नुुभएको बैठकमा सल्लाहकारहरू दुर्गाबहादुर शाह ‘बाबा‘, प्रेमप्रकाश गौतम, विश्वनाथ पराजुुली र विष्णुुप्रसाद बराल सहित कार्यसमितिका पदाधिकारी तथा सदस्यले समाजको महिमा र गरिमालाई उचो बनाउनका लागि निरन्तर लाग्नुुपर्ने बताउनुुभयो ।
तपाईको प्रतिक्रिया