पोखरा एक्सप्रेस ,काठमाडौं।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा)बीच सहकार्यको सम्भावना सकिएको छ। आफूहरूले मानेको लोकतान्त्रिक सिद्धान्तमा पुनर्विचार गरेर नयाँ राजनीतिक सिद्धान्त बनाउनुपर्ने माग उनेपाले राखेसँगै रास्वपाले असहमति जनाउँदा एकताको सम्भावना सकिएको हो।
शनिबार एकताका लागि दुई पक्षबीच कुराकानी भएको थियो। कुराकानीका क्रममा रास्वपा पक्ष अवस्था परिवर्तन गर्ने अभियान लागेको तथा व्यवस्था र संविधानमा विमति नरहेको स्पष्ट धारणा राखेको थियो। यस विषयमा उज्यालो पक्षले असहमति जनाएको थियो।
संघीयता र धर्मनिरपेक्ष लोकतान्त्रिक गणतान्त्रिक संरचनाको कुरामा उनेपाले फरक धारणा राखेको थियो।
आसन्न निर्वाचनमा प्रत्यक्ष उम्मेदवारीका लागि सिट तोकेरै जानुपर्ने उनेपाको मागमा पनि रास्वपाले विमति जनाएको थियो।
तपाईको प्रतिक्रिया