हेम्जामा अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता–२०८२” सुरु
- Pokhara Express
- २०८२ जेठ १२ आइतबार
नगर प्रमुख आचार्यले आफूहरू महानगर क्षेत्रको समग्र खेलकुद विकास लागि प्रतिबद्ध रहेको बताउनुभयो । खेल पूर्वाधारको विकास तथा निर्माण, खेलाडीहरूको क्षमता विकास तथा प्रोत्साहन, खेल चेतनाको विकास, विद्यालय तथा समुदाय स्तरमा खेलकुदको भावना जागरण लगायत कार्यहरूमा महानगरपालिकाले काम गरिरहेको उहाँले बताउनुभयो ।
पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिनाले खेलकुदको विकासका लागि वडा स्तरमा विभिन्न गतिविधिहरू भइरहेको बताउनुभयो ।
महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले स्वस्थ नागरिक निर्माणका लागि खेलकुदलाई समेत प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
एन्फाका केन्द्रीय उपाध्यक्ष दीपक खतिवडाले पोखरा फुटबलको सम्भावना बोकेको सहर भएकाले यसको महत्वलाई उजागर गर्न विभिन्न आस्थाका बिच एकता अवयस्कता रहेको बताउनु भयो ।
शनिवार भएको पहिलो खेलमा वडा न.२५ हेमजा निलोले ९–२ गोल अन्तरले वडा न.२९ लाई पछि पादै विजय सुरुवात गरको छ । दोस्रो खेल वडा न.१५ र १६ बिच भएको थियो जसमा २–० गोल अन्तरले वडा न.१५ ले आगामी यात्रा तय ग¥यो । आइतबार पहिलो खेल वडा न.१ र १७ र दोस्रो खेल वडा ८ र ५ बिच हुनेछ ।
तपाईको प्रतिक्रिया