७ पुस , पोखरा
तमुहरुको महान पर्व सप्री ल्हो तमु ल्होछार आगमनको अवसरमा तमु धिं नेपालले १० जना बिरामीहरुलाई स्वास्थ्योपचार सहयोगका लागि २ लाख ५० हजार रुपैयाँ बितरण गरेको छ।
तमुहरुको महान पर्व ल्होछार आगमन हुँदै गर्दा बिरामीहरुलाई औषधोपचार गर्न सहयोगहिस भनी तमु धिं नेपालमा स्थापित स्व.मेजर जयबहादुर, स्व.उदयचन्द्र, समाजसेवी मेजरनी रुपकुमारी गुरुङ स्वास्थ्योपचार अक्षयकोषबाट जनही २५ हजार रुपैयाँ दरले उपचार सहयोग रकम हस्तान्तरण गरिएको हो।
उक्त कोषका संस्थापक वरिष्ठ समाजसेवी मेजरनी रुपकुमारी गुरुङ र लक्ष्मी गुरुङले सहयोग हस्तान्तरण गर्नुभएको हो। उहाँहरुले स्वाथ्योपचारकोषका लागि १ करोड १५१ रुपैयाको कोष तमु धिंमा स्थापना गरिदिनुभएकोछ।
सहयोग प्राप्त गर्ने बिरामीहरुमा बिर्यना गुरुङ ३ बर्षिया स्याङ्जा, सुनिता कुमारी बिक ३० बर्षिय पर्वत फलमखानी, मिनबहादुर गुरुङ ४६ बर्ष तनहु, फत्तबहादुर गुरुङ ४१ बर्ष याङ्जाकोट, बिकास गुरुङ ३४ बर्ष तनहु(युवा समिति), ज्योतिकुमार गुरुङ ४० बर्ष पैयुखोला तमु समाज, सीता गुरुङ ४९ बर्षिया नादा तमु समाज, शिला गुरुङ ३८ बर्षिया रुपा ७, प्रेमबहादुर गुरुङ ६२ बर्षिय रुपा १ र बिबस गुरुङ १७ बर्षिय तमु सहयोग समिती पार्दी रहनुभएको छ।
उक्त कार्यक्रममा तमु धिं नेपाल साउदी अरब प्रवास शाखाका अध्यक्ष खेमबहादुर गुरुङ र तमु समाज इजरायलका प्रमुख संरक्षक डिककुमार गुरुङलाई स्वागत गरिएको थियो।
कार्यक्रममा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ तमु धिं नेपाल साउदी अरब प्रवास शाखाका अध्यक्ष खेमबहादुर गुरुङ र तमु समाज इजरायलका प्रमुख संरक्षक डिककुमार गुरुङले मन्तव्य व्यक्त गर्नुभएको थियो।
तपाईको प्रतिक्रिया