कास्कीका स्थानीय तहहरूको बार्षिक समिक्षा
- Pokhara Express
- २०८३ भाद्र ५ शुक्रबार
पोखरा एक्सप्रेस, पोखरा
जिल्ला समन्वय समिति कास्कीले स्थानीय तहरूको आर्थिक बर्ष २०८२-८३ को बार्षिक समिक्षा तथा असल अभ्यास अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ।कार्यक्रमको गण्डकी प्रदेश सभा सदस्य देवका पाहारीले उद्घाटन गर्नु भएको थियो ।

पहारीले नेपालको संविधानले ब्यबस्था गरेका तीन तहका सरकारहरू बिच प्रभाबकारी समन्वय र सहजीकरणमा जिसस कास्कीको भुमिका प्रसम्सनिय भएको उल्लेख गर्दै योजनाको छनोट र कार्यान्वयनका लागि स्पस्ट कानुनी र ब्यबस्थित संरचना निर्माण जरुरी देखिएको उल्लेख गर्नुभयो ।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले कास्कीका पालिकाहरूको कार्य सम्पादनको स्तर र बिकास निर्माणका कार्यहरूमा गुणस्तर वृद्धि गर्ने उद्देश्यले स्थानीय सरकार संचालन ऎनले ब्यबस्था गरे अनुसार समिक्षा कार्यक्रम अर्ध बार्षिक र बार्षिक रूपमा आयोजना गर्ने गरिएको उल्लेख गर्नुभयो ।

प्रमुख पौडेलले बिकासका योजना छनोट प्रक्रिया र प्राथमिकिकरणमा देखिएका त्रुटिका कारण पालिकाहरूको कार्य सम्पादनको स्तर अपेक्षित रूपले उत्कृष्ट हुन नसकेको उल्लेख गर्दै कास्की पालिकाहरूलाइ सुशासन ,पारदर्शीता र जवाफदेहिता सहितका सेवा प्रबाहमा ध्यान दिन आग्रह गर्नुभयो ।पौडेलले कास्कीका पालिकाहरूलाई बेरूजुमुक्त पालिका बनाउन आग्रह गर्नुभयो।

शुक्रबार कास्कीका पोखरा महानगरपालिका ,अन्नपूर्ण ,माछापुच्छ्रे ,रूपा र मादी गाउँपालिकाहरूको आर्थिक बर्ष २०८२-८३ को समिक्षा गरिएको र आगामी सोमबार बिकास तर्फका कार्यालय एबम मंगलबार सामाजिक सेवा प्रदायक कार्यालयहरूको समिक्षा गरिने जिल्ला समन्वय अधिकारी नवराज बरालले जानकारी दिनुभयो।

कार्यक्रममा पोखरा चेम्बर अफ कमर्सका महासचिव गोकर्ण अधिकारी ,नागरिक समाज कास्कीका अगुवा राम बहादुर पौडेल ,माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीन बहादुर गुरुङ , सहितले मन्तव्य व्यक्त गर्नुभएको थियो ।समिक्षामा कास्कीका पालिकाका प्रमुख ,कार्यकारी अधिकृत , नागरिक समाजका अगुवाहरू, उद्योगी ब्यबसायिका प्रतिनिधिहरू को उपस्थिति रहेको थियो ।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न समिक्षा कार्यक्रममा स्वागत उप -प्रमुख सरिता मालले र संचालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गर्नुभएको सूचना अधिकारी लक्षु शर्माले जानकारी दिनुभयो।
तपाईको प्रतिक्रिया