१ पुष ,पोखरा।
नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) पोखरा ३३ को वडा अधिबेशन सम्पन्न भएको छ।
अधिबेशनले टुकराज भण्डारीको अध्यक्षतामा सदस्यीय वडा कमिटी निर्बाचित गरेको छ।उपाध्यक्षमा शान्तिदेबी आचार्य
सचिबमा ऋषिराज आचार्य ,
उपसचिवमा लोकनाथ पौडेल र तुलबहादुर कार्की चयन भए।
सो अधिबेशनको ने क पा (एमाले ) का केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश सभा सदस्य भिम बहादुर कार्कीले उद्घाटन गरेका थिए।
कार्कीले पार्टी नीति र विधि अनुसार चल्ने भन्दै ने क पा एमाले लाई शक्तिशाली पार्टी बनाउने कार्ययोजना सहित अब आउने निर्बाचनमा बहुमत सहितको पार्टी बनाउन सबै क्रीयाशिल हुन आग्रह गरे ।
देशमा अराजकताको अन्त्य गर्ने र देशलाई बिकासमा अगाडि बढाउन एमालेले सरकारको नेतृत्व गरेको उल्लेख गर्दै सरकारलाई हर तरहले सहयोग गर्न आग्रह गर्नुभयो ।
युग सुहाउँदो पार्टी भए मात्रै जन सेवामा अगाडि बढ्न सकिने हुँदा विभिन्न समयमा प्रशिक्षण गर्दै आएको उल्लेख गरे।
सो अबसरमा उक्त वडाका अगुवा समाजसेवी बाबुराम पौडेल नेपाली काङ्ग्रेस परित्याग गरि ने क पा एमालेमा प्रबेश गरे ।
जिल्ला कमिटी सदस्य तथा वडा कमिटी इन्चार्ज बसन्तराज आचार्य,जिल्ला कमिटी सदस्य लिलादेबी नेपाली , अखिल नेपाल महिला संघका जिल्ला कमिटी सदस्य शान्ति आचार्य, कास्की जिल्ला कमिटीका लेखा समिति अध्यक्ष बैकुण्ठनाथ आचार्य पूर्ब जिल्ला कमिटी सदस्य गुरु प्रसाद क्रान्तीकारी,साबिक भरत पोखरी गाउँ बिकास समितिका पूर्ब अध्यक्ष गोपाल पून , पोखरा महानगर कमिटीका पूर्ब सदस्य चन्द्र प्रसाद पौडेल,युबा संघ ३३ का अध्यक्ष केशवराज आचार्य ,अनेम संघ ३३ का अध्यक्ष हुमा कुमारी आचार्य, मुक्ति समाजका अध्यक्ष डिल बहादुर बि.क.सहितले मन्तव्य व्यक्त गरेका थिए।
वडा कमिटी अध्यक्ष रमेशराज आचार्यको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको संचालन कार्यबाहक सचिब शंकर बहादुर अधिकारीले गर्नुभएको थियो।
तपाईको प्रतिक्रिया