भ्रष्टाचार विरुद्धको जनचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न
- Pokhara Express
- २०८१ मंसिर २५ मङ्गलबार
मङसिर २६, पोखरा
मुस्ताङचोकमा भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था (सिटिजन जुरी) ले अन्तर्राष्ट्रिय मानव अधिकार दिवस, डिसेम्बर १० तथा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस, डिसेम्बर ९ को अवसर पारेर भ्रष्टाचार विरुद्धका नारा लेखिएका प्ले कार्ड सहित प्रदर्शन गरी जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष डोलराज पाण्डेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथिका रूपमा वरिष्ठ अधिवक्ता तथा सिटिजन जुरीका निवर्तमान अध्यक्ष तिलक पराजुली रहनुभएको थियो । यसैगरी, सिटीजन जुरीका उपाध्यक्ष लक्की कार्की, गैर सरकारी संस्था महासंघ गण्डकी प्रदेशका अध्यक्ष पदम पहारी, गैर सरकारी संस्था महासंघ कास्की जिल्लाका अध्यक्ष डा. बुद्धि थापा, स्वतन्त्र पत्रकार महासंघका संस्थापक अध्यक्ष वरिष्ठ पत्रकार कृष्णप्रसाद बाँस्तोला, वरिष्ठ पत्रकार नारायण कार्की, मानव अधिकार संरक्षण मञ्च कास्कीका अध्यक्ष धु्रवसिंङ खडका लगायत कार्यसमितिका सदस्यहरू, महिला सशक्तिकरण नेपालका सदस्य महिलाहरु, सृजना सेकेण्डरी स्कुलका शिक्षक, कर्मचारीहरु तथा विद्यार्थीहरूको वाक्लो उपस्थिति रहेको थियो ।
प्रमुख अतिथिको मन्तव्य राख्दै संस्थाका निवर्तमान अध्यक्ष तिलक पराजुलीले नेपालमा भ्रष्टाचारको समस्या जटिल बनिरहेको अवस्थामा यसका चपेटामा परेका प्रणाली र संस्चनाहरुको सुधार गर्नु हामी सबैको साझा जिम्मेवारी रहेको कुरा बताउनुभयो । यसका लागि पारदर्शिता र जवाफदेहीतासँगै भ्रष्टाचार विरुद्ध जागरूकता अभियान चलाउन आवश्यक रहेको कुरा प्रष्ट पार्नुभयो । उहाँले नेपालका विभिन्न क्षेत्रमा नागरिकहरूले मानव अधिकारको हनन भइरहेको विषय उठाउँदै राज्यका सबै नागरिकहरू स-सम्मान वाँच्न पाउनुपर्ने र आफ्ना मौलिक अधिकार उपयोग गर्ने वातावरण बन्नुपर्ने विषय उल्लेख गर्नुभयो । यसैगरी सिटिजन जुरीका अध्यक्ष डोलराज पाण्डेले भ्रष्टाचारका गतिविधिहरु रोक्नका लागि सबै तहका सरकार र नागरिक समाजको सहकार्य आवश्यक रहेको कुरा व्यक्त गर्दै ९ डिसेम्बरलाई मात्र नभई जीवनका हर क्षणमा भ्रष्टाचारको विरुद्धमा एकजुट भएर न्यायपूणर् समाज निर्माणमा लाग्गू पर्ने आवश्यकता रहेको कुरामा जोड दिनुभयो । कार्यक्रममा लक्की कार्की, पदम पहाडी, डा. बुद्धिबहादुर थापा, कृष्णप्रसाद बाँस्तोला, नारायण कार्की, ध्रुव सिङ खडका लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा उपस्थित सम्पूणर्ले हातहातमा मानव अधिकार रक्षा तथा भ्रष्टाचार विरुद्धका नारा लगायत, सुशासन, न्यायपूणर् समाज निर्माणका लागि सबै एकजुट हुनुपर्ने नाराहरू लेखिएका प्लेकार्डहरु बोकेर उभिएका थिए ।

तपाईको प्रतिक्रिया