१८ मंसिर, काठमाडौं । चार दिने भ्रमणका लागि बेइजिङ पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज उच्चस्तरीय भेटवार्ता गर्दैछन् । प्रधानमन्त्री ओलीले आज राष्ट्रपति, प्रधानमन्त्री र चिनियाँ जनकांग्रेसका अध्यक्षसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
सुरुमा प्रधानमन्त्री ओलीले समकक्षी ली छ्याङसँग भेटवार्ता गर्ने छन् । त्यसपछि चिनियाँ जनकंग्रेसका अध्यक्ष झाओ लेजीसँग भेटवार्ता हुने छ । यी बेग्लाबेग्लै हुने यी भेटवार्तापछि राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता हुने कार्यक्रम छ । ‘ग्रेट हल अफ पिपल’मा हुने भेटवार्तापछि द्विपक्षीय सहयोग आदानप्रदानलगायत विषयमा सम्झौता हुने कार्यक्रम छ ।
चिनियाँ नेतृत्वले चिनियाँ जनमुक्ति सेनाको ‘गार्ड अफ अनर’सहित प्रधानमन्त्री ओलीलाई ग्रेट हल अफ द पिपुलमा स्वागत गर्नेछ ।
चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली सोमबार चीन भ्रमणमा गएका थिए ।
भ्रमणका क्रममा बुधबार प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा मन्तव्य दिने र नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम पनि छ ।
सबै कार्यक्रम सम्पन्न गरी प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही मंसिर २० गते स्वदेश फर्कने छ ।
तपाईको प्रतिक्रिया