पोखरा .२२ कार्तिक
कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं २२ शान्तिस्तुपा नजिकै पुम्दीकोटबाट छोरेपाटनतर्फ आउँदै गरेको नव युग डान्स क्लव दाङबाट भ्रमणको लागि आएको रा १ ख २१०६ नंको मिनी बस दुर्घटना हुदा २ जना घाइते भएका छन् ।घाइते हुने हरूमा जिल्ला दाङ तुल्सीपुर उपमहानगरपालिका ४ बस्ने बर्ष १७ की सन्ध्या रसाईली घाईते सोहि ठाउँमा बस्ने बर्ष १९ की मनिषा रसाईली रहेका छन् उनीहरूको अबस्था अबस्था समान्य रहेको जनाइएको छ ।
उक्चात बस चालकले नियन्त्रण गुमाउदा सडक छेउमा रहेको तिदुको रुखमा अड्किएको अबस्थामा भेटिएको थियो । बसमा यात्रारत महिला ७ जना र पुरुष १७ जना गरी जम्मा २४ जना मध्ये २ जना घाईते भई उपचारको लागि नमस्ते अस्पताल बिरौटा पठाईएको अन्य सकुशल रहेकाजिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
तपाईको प्रतिक्रिया