पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराको लेकसाइडस्थित द वल्ड लान हुआ रेष्टुरेन्ट एन्ड बारलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । अधिकतम खुद्रा मूल्य भन्दा रकम लिएर ग्राहकमाथि ठगफ गरेको उजुरीपछि जिल्ला प्रशासन कार्यालय कास्कीले मंगलबार कारवाही गरेको हो ।कम्पनीले तोकेको अधिकतम मूल्य भन्दा बढी मूल्य लिई बिक्री गरी उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड ८ बमोजिमको कसुर गरेको देखिएकाले सोही ऐनको दफा ३९ को उफदफा १ को खण्ड ख बमोजिम उक्त जरिवाना गरिएको प्रशासनले जनाएको छ ।
प्रशासनका अनुसार उक्त रेष्टुरेन्टले एक बोतल प्रशोधित पानीलाई सय रुपैयाँमा बिक्री गरेको प्रशासनलाई बिलसहित उजुरी परेको थियो । उजुरीपछि छानबिन गर्दा बढी मूल्य लिएको पाइएपछि कारवाही स्वरुप जरिवाना र कम्पनीले तोकेको अधिकतम मूल्य भन्दा बढी मूल्यमा सामाग्री बिक्री नगर्न निर्देशनसमेत दिइएको छ ।कास्की प्रशासनले यसअघि पनि पोखराको चिप्लेढुंगाको मारवाडी सेवा भोजनालयलाई खाजाको प्याकेटमा मूल्य अनुसार कम परिमाण रहेको पाइएपछि २ लाख जरिवाना गरेको थियो ।

तपाईको प्रतिक्रिया