पोखरा, २१ असोज ।
नेपाल रेडक्रस सोसाइटी पोखरा – ३३ उपशाखा भरतपोखरीले बडादशैंँ, दिपावली, छठ लगायतका चाडपर्वका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका सदस्य तथा जुनियर युवा समिति संयोजक रमेशराज भण्डारीले रेडक्रसका आदर्श र सिद्धान्त लगायतका विषयमा प्रकाश पार्नुुभयो ।
नेपाल रेडक्रस सोसाइटी पोखरा – ३३ उपशाखाका सभापति टुकराज भण्डारीले शाखाका गतिविधि बारे प्रकाश पार्नुुभयो ।
कार्यक्रमका सहभागीलाई युवराज शर्माले डेँगी रोग नियन्त्रण सम्बन्धमा सचेतनामुलक प्रशिक्षण दिनुुभएको थियो ।
पोखरा महानगरपालिका वडा नं ३३ का वडा सदस्य प्रकाश कार्की, रेडक्रस सोसाइटी कास्की जिल्ला समितिका सदस्य डिल्लीराम बराल, बुद्धिजीवि नन्दलाल काफ्ले, युवा समाजसेवी दिनेश आचार्य, रामजीप्रसाद अधिकारी, ई.कृष्ण प्रसाद अधिकार लगायतले रेडक्रसको प्रभावकारी भूमिका लगायतका विषयमा प्रकाश पार्नुुभएको थियो ।
उपशाखाका सभापति भण्डारीको सभापतित्व एवम् सचिव तुलशीमणि अधिकारीले सञ्चालन गर्नुुभएको कार्यक्रममा स्वागत उपसभापति शान्तिदेवी अधिकारीले गर्नुभएको थियो भने रेडक्रसका सात सिद्धान्त प्राप्ति भण्डारीले वाचन गर्नुभएको थियो ।
कार्यक्रमकै अवसरमा बलबहादुर केसी अध्यक्षतामा ११ सदस्यीय नेपाल युवा रेडक्रस सर्कल भरतपोखरी गठन गरिएको छ ।
तपाईको प्रतिक्रिया