पोखरा/राष्ट्रिय समाचार समिति (रासस)का गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल पोखरा वृद्धाश्रमद्वारा सञ्चालित ‘ऋषिलीला ज्येष्ठ नागरिक पत्रकारिता पुरस्कार–२०८१’ पुरस्कृत भएका छन् ।
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा पोखरामा आज आयोजित कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले ५० हजार र सम्मानपत्रबाट पौडेललाई पुरस्कृत गरे ।
पत्रकारिताका माध्यमबाट ज्येष्ठ नागरिकका क्षेत्रमा पौडेलले पु¥याएको योगदानको कदर गर्दै पौडेललाई छनोट समितिको सिफारिस अनुसार पुरस्कृत गरिएको पुरस्कारका संस्थापक समेत रहनुभएका पोखरा वृद्धाश्रमका अध्यक्ष कुशुमकेशव पराजुलीले बताए ।
पोखराका शैक्षिक एवम सामाजिक क्षेत्रमा विशिष्ठ योगदान पु¥याएका प्रजातन्त्र सेनानी एवम पोखरा बृद्धाश्रमका संस्थापक अध्यक्ष स्व. ऋषिकेशव पराजुली र उनकी धर्मपत्नी लिलादेवी पराजुलीको स्मृतिमा छोरा कुसुमकेशवले पत्रकारिता पुरस्कार स्थापना गरेका हुन् ।
तपाईको प्रतिक्रिया