पोखरा । पोखराको न्यूरोडस्थित सराङकोट बहुउद्देश्यीय सहकारी संस्थाको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
एकताबद्ध सहकारीलाई जोड दिदै दिगो ब्यवस्थापन समयको मुल्याङकन सहित परिणान देखाउन सदस्यहरुको सकृयता बढाउने गरी संस्थालाई अगाडी बढाउनका लागी साधारणसभा केन्द्रीत गरीएको थियो ।
सभारणसभा उद्घाटन गर्दै संस्थाका पूर्व अध्यक्ष प्रेमबहादुर जिसीले सहकारीलाई हाम्रो हो भन्ने भावनाको विकाससँगै सबैको साथ सहयोगका लागि आह्वान गरे ।
संस्थाका अध्यक्ष कृष्णबहादुर थापाले संचालक समितिको प्रतिवेदन प्रस्तुत गर्दै २ अर्ब २२ करोड बराबरको कारोबार भएको बताए ।
२०६३ सालदेखि संचालित सहकारीले सामुदायिक रेडियो प्रशारणसमेत गर्दै आएको बताए ।
कार्यक्रममा संस्थाका सल्लाहकार सोभियतबहादुर अधिकारी, कानूनी सल्लाहकार वरिष्ठ अधिवक्ता रोहितराज बास्तोला, अधिवक्ता गोविन्द पौडेल, प्रेम गिरी, उपाध्यक्ष बसन्तबहादुर बानियाँ, संस्थाका सदस्य तारा थापा लगायत शेयर सदस्यले आ–आफ्नो धाराणा राखेका थिए ।
संस्थामा उत्कृष्ट कारोबार, बचत कर्जा नियमित, ज्येष्ठ सदस्य, उत्कृष्टता हासिल गरेका छोराछोरीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा संस्थाका सचिव कुलप्रसाद सुवेदीबाट प्रस्तुत संस्थागत एवं प्रस्तावित प्रतिवेदन, कोषाध्यक्ष राममणि पौडेलबाट प्रस्तुत आथिक, लेखा परीक्षण प्रतिवेदन, लेखा संयोजक शिवबहादुर बानियाँबाट प्रस्तुत लेखा प्रतिवेदन, सहसचिव मायाकुमारी शर्माको कर्जा असुली प्रतिवेदन, व्यवस्थापक सुरेन्द्र थापाको संस्थागत प्रतिवेदन छलफलसहित सर्वसम्मत पारित भएको थियो ।
सहकारी ऐन नियमअनुसार संस्थागत रही सराङकोट सहकारी विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रममा समेत उत्तिकै सक्रिय छ ।
तपाईको प्रतिक्रिया