रक्तिमको पोखरामा असोज १६ गते विविध सांस्कृतिक कार्यक्रम हुने
- Pokhara Express
- २०८१ असोज १३ आइतबार

पोखरा ,असोज १३
लोकप्रिय जनगायक जीवन शर्माको विशेष प्रस्तुति सहित पोखरामा भएको छ । रक्तिम सांस्कृतिक अभियानले यही असोज १६ गते दिउँसो २ः०० बजेबाट पोखरा सभागृहमा विविध जनसाँस्कृतिक कार्यक्रम गर्न लागेको हो ।
आयोजक रक्तिम सांस्कृतिक अभियान केन्द्रीय समितिका अनुसार सो अवसरमा शरद लामिछाने, दिलमाया पुन, धन बहादुर थापा, काजी गाउँले, अनिस योञ्जन, शुशिला थापा, पम्फा बन्जाडे, ज्योति फौजा, प्रतिभा शर्मा, केशव राना, सुजन थापा, अनु शर्माको पनि प्रस्तुति रहने छ ।
सो अवसरमा अन्य जन कलाकारहरु कृति पुन, बिमला सापकोटा, जुना थापा, बेली सिंजाली, डेविड गुरुङ्ग, नर बहादुर गुरुङ्ग, पुजन गुरुङ्ग, गिनिज बुढा, प्रशंसा थापा र हिमांशु ओलीका पनि सांस्कृतिक प्रस्तुतिहरु रहनेछ्न ।
उक्त “ रक्तिम बिबिध जनसास्कृतिक कार्यक्रम “को सन्दर्भमा रक्तिमले २०८१ असोज ११ गते क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको ४ नम्बर प्रदेश पार्टी कार्यालय सिमलचौर पोखराको सभाहलमा पत्रकार सम्मेलन सम्पन्न गरेको छ । सो पत्रकार सम्मेलन कार्यक्रमको अध्यक्षता रक्तिम साँस्कृतिक अभियानका अध्यक्ष नारायण शर्माले र सञ्चालन महासचिव उदय रिजालले गर्नुभएको थियोे। कार्यक्रमका अतिथिहरुमा सामना परिवारका सहसंयोजक काजी गाउँले,जनसाँस्कृतिक महासङ्घकी केन्द्रिय सदस्य सुशीला थापा,पोखराका अग्रज पत्रकारहरु शिव बस्ताकोटी,श्याम कुंवर,ओम हमाल,माधव पनेरू लगायत रहनु भएको थियो ।
सो कार्यक्रममा जनगायक शर्माका अलावा कलाकारहरु नारायण योगी, नारायण शर्मा, निलिमा पुन, दल बहादुर बिक, मान बहादुर भण्डारी, उदय रिजाल, डमर भण्डारी र भरत श्रेष्ठको प्रस्तुति रहने बताइएको छ ।
देशमा भएका हरेक राजनीतिक आन्दोलन र परिवर्तनहरुमा रक्तिमले गीत, सङ्गीत र साहित्यको माध्यमबाट महत्वपूर्ण योगदान पुराउँदै आएको छ । अहिले पोखरामा रक्तिमले देशमा देखिएका बेथिती , बिसङ्गती , अराजकता , भ्रस्टाचार , राष्ट्रघात र जनघातका बिरुद्द सास्कृतिक सचेतना जगाउन “ रक्तिम बिबिध जनसास्कृतिक कार्यक्रम “ गर्न लागेको हो ।
तपाईको प्रतिक्रिया