पोखरा, १३ असोज
आउँदै गरेका नेपालीका चाडपर्व दसैं, तिहार लगायतको सन्दर्भमा पोखराको शिशुवामा युआरएल फाउन्डेसनले शनिबार निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । युआरएल शिशुवाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ३ सय ७५ जनाले सेवा लिएका छन् । शिविरमा थाइराइड, बाथरोग र रगतमा हुने खराब बोसो (टिजी) जाँच सित्तैमा गरिएको थियो भने अरु सबै प्रकारका जाँचको शुल्कमा आधा छुट दिइएको थियो ।
कार्यक्रमाम वरिष्ठ फिजिसियन डा राजेन्द्र पौडेल नसर्ने रोगहरु बढ्दै गएको जनाउँदै सचेतना र स्वास्थ्य सजगता जरुरी भएकोमा जोड दिए । ॅखानपान र जीवनशैलीमा ध्यान दिए धेरै हदसम्म यी नसर्ने रोगबाट बाच्न सकिन्छ,’ उनले भने, ॅरोगहरु लागिहाले हेलचेक्र्याइ नगरी चिकित्सकको सल्लाहमा औषधोपचार गर्नुपर्छ ।’
युआरएल फाउन्डेसन र युआरएलका शाखाहरुले स्वास्थ्य सचेतनासहित सित्तैमा जाँच गरी जनस्वास्थ्यको क्षेत्रमा उदाहरणीय काम गरेको उनको भनाइ छ । पोखराको न्युरोडमा प्रधान कार्यालय रहेको गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युनाइडेट रेफरेन्स ल्याबोरेटरी(युआरएल)ले युआरएल फाउन्डेसनलाई प्रवर्धन गर्दै आएको छ ।
फाउन्डेसनका अध्यक्ष ठाकुरप्रसाद पन्तले युआरएल स्वास्थ्य प्रयोगशालाको सेवामा मात्र नभई सामाजिक दायित्व निर्वाहमा पनि अग्रणी बनेको उल्लेख गरे । युआरएल आफैंले र विभिन्न संघ, संस्थाले आयोजना गरेका १ सय ७८ शिविरमा एक लाख ८० हजारभन्दा बढीले सेवा लिइसकेका छन् ।
सामाजिक उत्तरदायित्वलाई थप प्रभावकारी बनाउने उनको भनाइ छ । पन्तले भने, ॅठूला र संवेदनशील जाँचहरु गर्ने, चिकित्सकसहितका शिविर चलाउनेबारे पनि हामी छलफल गर्दै छौं । स्वास्थ्यबारे सचेतना बढोस् भनी यो विधामा काम गर्ने पत्रकारलाई पुरस्कृत गर्ने गरेका छौं भने जनस्वास्थ्यमा लामो योगदान गर्ने स्वास्थ्यकर्मीलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड पनि दिइरहेका छौँ ।’
फाउन्डेसनका सचिव गणेशप्रसाद कोइरालाले आइएसओ प्रमाणपत्र पाएको युआरएलले गण्डकी प्रदेशलाई रगत जाँचमा आत्मनिर्भर बनाउन चाहेको उल्लेख गरे ।
तपाईको प्रतिक्रिया