साउन, काठमाडौं । सरकारले ५९ जना सहसचिवहरुको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ५९ जना सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको हो ।
सरुवा सूचीअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव चण्डीप्रसाद घिमिरे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका छन् । राष्ट्रिय योजना आयोगका सहसचिव यमलाल भुसाल पनि प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन् ।
स्वास्थ्य तथा जनसङ्खंख्या मन्त्रालयका सहसचिव विनोदबहादुर कुँवरलाई पनि प्रधामनन्त्री कार्यालयमा सरुवा गरिएको छ । उनी यसअघि नै काजमा आएर प्रधानमन्त्रीको निजी सचिवको रुपमा कार्यरत थिए ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय(अतिरिक्त समूह)की सहसचिव कृष्णकुमारी श्रेष्ठ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सुमन दाहाल पनि प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन् ।
तपाईको प्रतिक्रिया