पोखरा/ चिनियाँ नागरिकबाट आर्थिक लाभ लिई १४ वर्षीया बालिकालाई विवाह गर्न भन्दै होटलमा बन्धक बनाउने ती चिनियाँ र दुई नेपाली गरी ३ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा चीनको हुनान प्रान्त घर भई भिजिट भिसामा नेपाल आएका ३१ वर्षीय सी मिङ चेन, लमजुङको भोजे घर भई पोखरा–१६ संगमटोल बस्ने २२ वर्षीइा सरु बिक र पोखरा–२२ आर्वाकी ३४ वर्षकी भगवती अधिकारी छन ।बिक र अधिकारीले बालिकाका अभिभावकलाई कुनै थाहा नदिई “तिमी दुख पाउने केटी रहेछौ, हामीहरुले चाईनिज नागरीकलाई चिनेका छौ, तिमि उसँग विवाह गरेऊ भने तिम्रो भविश्य बन्छ” भनि ललाई फकाई गरेर विश्वास दिलाएका थिए । साथै चाइनिज नागरिकबाट आर्थिक लाभ लिई मिति साउन १३ विवाह गराई लेकसाइडको होटल मिराकलमा बन्धक बनाई राखेको अवस्थामा पीडित नावालिका भाग्न सफल भएको भन्ने सूचना प्राप्त भए पश्चात पीडितको अभिभावकसंग समन्वय गरी पीडितको उद्दार गरिएको प्रहरीले जनाएको छ ।
पीडितको आमाले छोरीलाई बेचविखन गर्ने उद्देश्यले ललाई फकाई प्रलोभनमा पारी विवाहको नाटक गरी होटल कोठामा लगी बन्धक बनाई राखेका हुँदा कारवाही गरी पाँउ भनी मानव वेचविखन तथा ओसार पसार कसूरमा मंगलबार जाहेरी दरखास्त दिएपछि जिल्ला प्रहरी कार्यालय कास्कीबाट अनुसन्धान टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई कास्की जिल्ला अदालतबाट मानव वेचविखन तथा ओसार पसार मुद्दामा ५ दिन म्याद थपि अनुसन्धान प्रक्रिया अघि बढाईएको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले बताए ।
तपाईको प्रतिक्रिया