पोखरा । पोखराका २ दोहोरी साँझ र रात्रिक्लबबाट प्रहरीले ७ जना बालिकाको उद्दार गरेको छ ।
मंगलबार राति ९ बजेतिर जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिका, श्रम कार्यालय कास्की र शक्ति समूह नेपाल संस्थाबाट खटिएको संयुक्त अनुगमन टोलीले ती बालिकालाई उद्दार गरिएको हो ।
पोखराका रात्रिकालीन व्यवसायहरुमा बलिकाहरुलाई काममा लगाएको पाइएकाले ७ जना बलिकाहरुलाई उद्दार गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी वसन्तकुमार शर्माले पोखरा ९ मा रहेको क्लब डी बाट ३ जना, चिप्लेढुङ्गा स्थित गाउँ सहर दोहोरी साँझबाट २ जना र साइनो दोहोरी साँझबाट २ जना बालिकाहरुको उद्दार गरिएको जानकारी दिए ।
तपाईको प्रतिक्रिया