लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ एम, क्लस्टर १, जोन ५ अन्तर्गत पर्ने लायन्स क्लव अफ पोखरा बिरौटा साझा चौतारी, ब्लु स्काई र समता प्रदेशको आयोजनामा पोखरा महानगरपालिका वडा न(२३ पर्ने सिद्व बराह मा.वि. मा बाल क्यान्सर न्युनीकरण सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
लायन्स क्लव अफ पोखरा ब्लु स्काईको अध्यक्ष बिन्दु पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रम डिस्ट्रिकको ग्लोवल सर्भिस टिमका संयोजक जगन्नाथ तिमिल्सिनाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै तिमिल्सिनाले लायन्स अन्तरास्ट्रीयले सेवाको कार्यका संगै सचेतनाका कार्य गर्दै आएको औल्याउदै यस्ता कार्यक्रमले समाजमा भएका मिथ्या भ्रमहरु चिर्न सक्ने बताउनु भएको थियो ।
बाल्यावस्थामा हुने क्यान्सर सचेतना बिभाग प्रमुख प्रा.डा. सरास्वती न्यौपानेले सहजीकरण गरेको कार्यक्रममा विद्यालयका व्यवस्थापन समिति अध्यक्ष गोविन्द पराजुली, प्रध्यानाध्यापक बद्रीनाथ पराजुली, क्लस्टर न १ का चिफ लक्ष्मण तिमिल्सिना, रिजन चेयर पर्सन युवराज पौडेल, जोन चेयर पर्सन लक्ष्मी बराल आचार्य, न्ब्त् संयोजक रेखा देवी पोखरेल, क्लवका अध्यक्षहरु मेनुका पौडेल, पदमबहादुर कार्की, बिभाग सदस्य कविता गुरुङ्ग लगाएतको उपस्थिति रहेको थियो ।
क्लस्टर १ ले श्रावण अन्तिम हप्तालाई बाल क्यान्सर न्यूनीकरणको लागी सचेतना अभियान संचालन गरीरहेको छ ।
तपाईको प्रतिक्रिया