गलेश्वर मगर इकाईको साधारण सभा तथा शुभकामना आदानप्रदान
- Pokhara Express
- २०८० चैत २६ सोमबार
पोखरा चैत
नेपाल मगर संघ गलेश्वर इकाई समिति पोखरा १५ को प्रथम साधारण सभा एवम् नव वर्ष २०८१ सालको शुभकामना आदान प्रधान कार्यक्रम सम्पन्न भएको छ । विभिन्न जिल्लाबाट सो स्थानमा आई वसोवास गर्ने मगरहरुको संगठित इकाइले विविध कार्यक्रमका साथ साधारण सभा सम्पन्न गरेको हो ।
नेपाल मगर संघ जिल्ला समन्वय समिति कास्कीका कार्यवाहक अध्यक्ष चन्द्रबहादुर पुर्जामगरले साधारण सभाको उद्घाटन गर्दै मगरहरु प्राप्त संवैधानिक अधिकारको उपयोग गर्दै थप अधिकारका लागि मगरहरु संगठित भएर लाग्नु पर्ने बताउनुभयो ।
कास्की मगरसंगमा विभिन्न ४३ ईकाई एवम् ९ वटा विभिन्न भातृसंगठन तथा पाँचवटै पालिका स्तरीय संघ कृयाशिल रहेको जानकारी गराउँदै उहाँले आप्mनो भाषा, संस्कृतिको संरक्षण संघको पहिलो प्राथमिकतामा रहेको बताउनुभयो ।
संघका जिल्ला सचिव लालबहादुर रानाले मगर समुदाय गोलवन्द हुदै हक अधिकार सुनिश्चितताका लागि लागि राजनैतिक क्षेत्रमा समेत लाग्नु पर्ने आवश्यकता औल्याउनुभयो ।
कलाकारद्धारा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको कार्यक्रमका सहभागिले एक आपसमा २०८१ सालको शुभकामना आदान प्रदान गरेका थिए ।
गलेश्वर इकाईका अध्यक्ष हिमाल आलेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगरसंघ जिल्ला महिला समन्वय समिति कास्की अध्यक्ष नुनु राना, पोखरा १५ वडासदस्य आशिष भण्डारी, नेपाल महगरसंघ पोखरा महानगरका अध्यक्ष ओम श्रीस लगाएतले संगठनको महत्व र यसले खेल्दै आएका भूमिकाका वारेमा चर्चा गर्नुभएको थियो ।
इकाईका उपाध्यक्ष मिना थापा मगरले स्वागत, कोषाध्यक्ष ले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रम सचिव संञ्चालन गर्नुभएको थियो । आवद्ध सदस्यको शुभकार्यमा सास्कृतिक कार्यक्रम सञ्चालन एवम् सदस्यको मासिक सहयोग इकाईको मुख्य आम्दानीको श्रोत रहेको छ ।
लाग्नु पर्ने आवश्यकता औल्याउँदै राखेको बताउँदै उहाँले त्यसका लागि का लागि गर्दै
छाता संगठन
नेपाल मगर संघ गलेश्वर इकाई समिति पोखरा १५ को प्रथम साधारण सभाका अध्यक्ष एवम् ईकाईका अध्यक्ष हिमाल आले ज्यू, प्रमुख अतिथि नेपाल मगरसंघ जिल्ला समन्वय समिति कास्कीका कार्यवाह आदणीय अध्यक्ष चन्द्रबहादुर पुन ज्यू , हाम्रो कार्यक्रमलाई महत्व दिएर पाल्नु हुने नेपाल मगर संघ महिला समन्वय समिति जिल्ला अध्यक्ष नुनु राना ज्यू, संघका सचिव लालबहादुर थापा , नेपाल मगर संघ पोखरा महानगरका अध्यक्ष ओम श्रीस ज्यू , यसै वडाका वडा सदस्य आशिस भण्डारी ज्यू , गलेश्वर टोल विकास संस्थाका अध्यक्ष गणेश भण्डारी ज्यू , ईकाईका अभिभावक सल्लाहकार ज्यूहरु, मञ्चमा आसिन अतिथि ज्यूहरु, ईकाईका पदाधिकारी तथा सदस्य ज्यू उपस्थित अग्रज आमा बुबा एवम् इकाईमा आवद्ध सम्पूर्ण सदस्यहरुमा ईकाईको उपाध्यक्ष र मेरो व्यक्तिगत तर्पmबाट हार्दिक स्वागत एवम् झोर्ले ।
विशेष गरि विभिन्न जिल्लाबाट यस क्षेत्रमा आई स्थायी वसोवास गर्ने मगर समुदायकको यो साझा संस्था हो । आप्mनो भाषा, संस्कृति तथा भेषभुषाको संरक्षण गर्दै आवद्ध सदस्यहरुको बीचमा आपसी सदभाव कायम राख्दै समाजमा देखिने समस्याको समाधान गर्दै ईकाई अघि बढि रहेको यहाँहरुमा विधितै छ ।
इकाईमा आवद्ध परिवारको सुखमा सास्कृतिक कार्यक्रम प्रस्तुत गर्दा प्राप्त हुने र ईकाईमा आवद्ध सदस्य ज्यूहरुले मासिकरुपमा संकलन गर्ने रकम नै ईकाईको मुख्य आम्दानीको श्रोत हो भने दुखमा परेको परिवारमा समेत समवेदना प्रकट गर्न सवैको सहभागिता रहदै आएको यस अवसरमा म जानकारी गराउँन चाहन्छु । अवका दिनमा उत्पादनसंग जोडिदै आप्mना सन्ततिको उज्वल भविष्यका लागि सामुहिक रुपमा ध्यान दिनु पर्ने अपरिहार्य बनेको छ ।
अन्तमा हाम्रो साधारण सभालाई महत्व दिएर पाल्नु हुने प्रमुख अतिथि, अतिथिहरुमा हार्दिक स्वागत गर्दै नजिकिदै गरेको नयाँ बर्ष २०८१ साल सवैका लागि सुखमय बनोस भन्ने कामना सहित ईकाई र मेरो व्यक्तिगततर्पmबाट हार्दिक मंगलमय शुभकामना टक्रयाउँदै मेरो स्वागत मन्तव्य यही अन्त्य गर्दछु । जय गलेश्वर मगर इकाई ।
हाम्रो ईकाई अहिले पनि झोलामा कार्यालय सञ्चालन गर्न हामी बाध्ये छौ, आप्mनो कार्यालय भवन छैन । ईकाईले भवन निर्माण गर्ने रकम जुटाउन सक्छ तर हामीसंग जग्गा छैन, आज हामी माझ महत्वपूर्ण व्यक्तित्व हरु रहनु भएको छ । विशेष गरि यस वडाका अभिभावक समेत रहनु भएको यो अवस्थामा इकाईला जग्गा उपलव्ध गराई दिन पहल गरिदिनु हुन मेरो विशेष आग्रह छ । हामीले यस अघि वडामा जग्गा प्राप्तिको लागि निवेदन समेत दिएको जानकरी गराउँद छु।
तपाईको प्रतिक्रिया