पोखरा ९ चैत
रेष्टुरेण्ट एण्ड वार एशोसियशन नेपाल (रेवान) पोखराले विगत वर्ष जस्तै यस वर्ष पनि होली महोत्सव गर्ने भएको छ । आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ विगत १७ वर्ष देखी होली महोत्सव आयोजना गर्दै आइरहेको रेवानले यस वर्ष पनि निरन्तरता दिने रेवान अध्यक्ष नरेश भट्टराईले जानकारी दिनुभयो ।
“हाम्रा कतिपय पर्वहरुले पर्यटन प्रवद्र्धनमा महत्व राख्ने गरेको छ जसमा होली पर्वले पनि पर्यटकमा बेग्लै रौनक ल्याउने गर्छ,” उहाँले भन्नुभयो “होली पर्व मिलनको पर्व, दुख भुल्ने, प्रेम, सद्भावका साथै पुराना शत्रुता भुली एक अर्कालाई थरी थरीको रंग लगाई मित्रता साटासाट गर्ने पर्व भएकाले यसको महत्वलाई उजागार गर्दै पर्यटक माझ लगेर मनाउन थालिएको हो ”
भट्टराइका अनुसार होली महोत्सवलाई व्यवस्थित वनाउन सम्वन्धीत निकायहरुसँगको समन्वयमा होली महोत्सव तयारी गरिएको छ । चैत्र ११ गते विहान १०ः३० वजे अम्मट चौतारामा आन्तरिक तथा वाह्य पर्यटकहरुलाई सहभागी गराई सामुहिक रुपमा होली खेल्ने र पञ्चे वाजा, संगितका साथमा होली खेल्दै गौरीघाट, वाराहीचोक हल्लनचोक हुदै खहरेचोक सम्म खेल्ने कार्यक्रम रहेको महासचिव विकास भट्टराइले जानकारी दिनुभयो ।
सामुहिक रुपमा स्वदेशी तथा विदेशी पर्यटकहरुलाई सहभागी गराई नेपालको संस्कृति र पर्वको बारे जानकारीका लागि होली पर्व २०८० सघाउने उहाँको भनाइ छ ।
तपाईको प्रतिक्रिया