काठमाडौं। व्यवसायी अरुण चौधरी पक्राउ परेका छन्। अरुणलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले नियन्त्रणमा लिएको हो। चौधरी सिजी होल्डिंग्सका अध्यक्ष हुन्।
चौधरीलाई बाँसबारी छाला उद्योगको जग्गा व्यक्तिको नाममा ल्याएको प्रकरणमा प्रहरीले पक्राउ गरेको बुझिएको छ। छाला उद्योगको १० रोपनी जग्गा चाँदबाग स्कुलको नाममा ल्याएको विषयमा सोधपुछ गर्न चौधरीलाई पक्राउ गरिएको सिआइबी स्रोतले जनाएको छ।
बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिनाको विषयबारे प्रस्ट पार्न चौधरीलाई पक्राउ गरिएको सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण वज्राचार्यले बताइन्।
निजी स्वामित्वमा लगिएको सरकारी जग्गा सिजी चाँदबाग रेसिडेन्सी प्रालिको नाममा छ। यसको सञ्चालक अरुण र उनकी श्रीमती रहेको सीआईबीले बताएको छ।
यसअघि जग्गा हिनामिना प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालिएको थियो। अख्तियारले यस प्रकरणबारे छानबिन नगर्दै सीआईबीले अनुसन्धान थालेको हो। चौधरीलाई सीआईबी टोलीले लाजिम्पाट निवासबाटै पक्राउ गरेको हो।
सीआईबीले चौधरीसँगै अजितनारायण थापालाई पनि पक्राउ गरेको छ। थापालाई प्रहरीले बत्तीसपुतलीस्थित घरबाट पक्राउ गरेको हो। अजितनारायण बाँसबारी छालाजुत्ता उद्योगका बोर्ड अध्यक्ष थिए।
प्रहरीले हिरासतलमा लिइएका दुवै जनासँग जग्गा हिनामिना प्रकरणबारे सोधपुछ भइरहेको सीआईबीले जनाएको छ। बाँसबारी छालाजुत्ता उद्योगको सरकारी जग्गा अनियमितता प्रकरणमा सीआईबीले अनुसन्धान गरिरहेको
तपाईको प्रतिक्रिया