पोउवा संघमा कर सचेतना कार्यक्रम
- Pokhara Express
- २०८३ मंसिर ७ आइतबार
पोखरा एक्सप्रेस ,पोखरा।
आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन निजी क्षेत्रमैत्री नै रहेको दोहो¥याएका छन् । उनले कर छली भइरहेको जानकारी हुँदाहुँदै पनि कतिपय अवस्थामा निजी क्षेत्रलाई हतोत्साही नगरौँ भन्ने मानसिकतामा कर प्रशासनले काम गरिरहेको पनि बताएका छन् ।
महेन्द्रपुल,न्यूरोडमा कति हजार मासिक घरभाडामा सटर लिनुभा’छ, कति एडभान्स दिनुभा’छ भन्ने हामीलाई थाहा छैन र रु,उनले भने,‘महिनाको १ लाख भाडा तिरेर व्यवसाय गर्ने अनि वर्षको ७ हजार ५ सय कर तिरेर राज्यलाई हामीले यत्रो कर तिरेका छौँ भन्ने कुरा उति सुहाउँदैन ।’
मुख्य कर अधिकृत ढुंगाना पोखरा उद्योग वाणिज्य संघले आन्तरिक राजश्व कार्यालय पोखरासँगको सहकार्यमा आइतबार आयोजित राष्ट्रिय कर दिवस २०८३ अन्तर्गत आयोजित ‘करदाता शिक्षा तथा सचेतना’ कार्यक्रममा बोल्दै थिए ।
कर छलीमा हुने कारवाही तथा दण्ड–जरिवानाको दर सोचेभन्दा बढी भएको दृष्टान्त पेश गर्दै मुख्य कर अधिकृत ढुंगानाले त्यस्तो काम नगर्न सुझाव पनि दिए । आर्थिक ऐन २०८३ ले करदातालाई राहत दिन मूल्य अभिवृद्धि कर९ भ्याट०, अन्तःशुल्क,पुराना बक्यौता र भन्सारमा विभिन्न छुटको व्यवस्था गरेको बताउँदै उनले त्यो अवसरको सदुपयोगको आग्रह पनि गरे ।
कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघकी अध्यक्ष शोभा गौतमले पोखरा उद्योग वाणिज्य संघ वैज्ञानिक करको पक्षमा रहँदै आएको स्मरण गर्दै करको दर हैन, दायरा बढाउनेतर्फ ध्यान दिन कर प्रशासनसँग अनुरोध गरिन् ।
‘नेपालको कर प्रणाली स्वघोषणामा आधारित रहेकोबारे पनि हामी जानकार छौँ तर हाम्रो कर प्रणालीमा रहेको दण्ड र जरिवानाको कडा प्रावधानबारे चाहीँ पुनर्विचार गरिनुपर्छ भन्ने हाम्रो राय रहेको छ,’उनले भनिन्,‘स्थानीय तह र राजश्व कार्यालयमा दर्ता भएका तर कर कहिले तिर्ने भन्ने उनीहरुलाई मेसो नै नभएकाहरु यस्तो दण्ड र जरिवानामा पर्ने गरेका छन् । यसका निम्ति करदाता शिक्षा र सचेतना कार्यक्रम तल्लो तहसम्म पु¥याउनुपर्छ भन्ने हाम्रो धारणा छ ।’
पोखरा उद्योग वाणिज्य संघका महासचिव सुदीप प्रधानाङ्गको संचालन र कार्यसमिति सदस्य केशव ढकालको धन्यवाद ज्ञापन रहेको कार्यक्रममा कर छुटका प्रावधानबारे जानकारी दिँदै आन्तरिक राजश्व कार्यालय पोखराका कर अधिकृत स्वागत थापाले अहिले दिइएको छुट इतिहासकै सवैभन्दा बढी भएको बताए ।
आर्थिक ऐनमा व्यवस्था गरिएको मूल्य अभिवृद्धि करको जरिवाना र ब्याज मिनाहा,कर विवरण पेश गरेका तर भुक्तानी नगरेकाहरुको हकमा दिइएको छुट, आयकरमा छुट,विचाराधीन मुद्दा फिर्ता लिँदाको सहुलियतहरुबारे चर्चा गर्दै कर अधिकृत थापाले करको थप दायित्वबाट बच्नका निम्ति यी सहुलियत लाभदायक भएको बताए ।
अन्तरक्रियामा सामेल व्यवसायी सीता गुरुङले कर जहाँ तिर्ने हो चुक्ताको प्रमाणपत्र पनि त्यहीँबाट पाउनुपर्ने धारणा राखिन् । इञ्जिनियर विशेष थापाले भन्सारबाट हुने चोरी निकासीमा कडाइ गरिनुपर्ने माग गरे । पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य भानुभक्त अधिकारीले कर भुक्तानी बढी वा कम हुँदा त्रुटि सच्याउन पाउनुपर्ने र त्यो प्रक्रिया सरल हुनुपर्ने बताए ।
तपाईको प्रतिक्रिया