काठमाडौं।
मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक बर्षको पहिलो चार महिनामा १२ अर्ब ५५ करोड १४ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ। उक्त कार्यालयको वार्षिक राजस्व सङ्कलन लक्ष्य रु नौ अर्ब रहेको छ। पहिलो चार महिनामै लक्ष्यभन्दा तीन अर्ब ५५ करोड १४ लाख बढी राजस्व सङ्कलन भएको भन्सार अधिकृत सिंहले जानकारी दिए।
कार्यालयका अनुसार चालु वर्षको पहिलो चौमासिकमा ३० अर्ब नौ करोड नौ लाख मूल्य बराबरको मालवस्तु चीनबाट पैठारी भएको छ। त्यस नाकाबाट खासगरी विद्युतीय सवारी, लत्ताकपडा, कस्मेटक सामान, इलेक्ट्रोनिक उपकरण, निर्माण सामाग्री, फलफूल र खाद्यान्नलगायत सामान आयात भएको छ।
त्यस्तै, चालु वर्षको पहिलो चौमासिकमा त्यो नाका भएर नेपालबाट २९ करोड ५२ लाख रुपैयाँ बढीको मालवस्तु चीनतर्फ निकासी भएको छ। नेपालबाट खासगरी हस्तकलाका सामान र नेपाली उत्पादन रहेको भन्सार अधिकृत सिंहले जानकारी दिए।
तपाईको प्रतिक्रिया