बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनको २८ औ साधारणसभा
- Pokhara Express
- २०८३ भाद्र १ सोमबार
पोखरा एक्सप्रेस ,पोखरा।
बुद्ध विशाल बजार व्यापारिक एसोसियसनको २८ औ साधारणसभा सम्पन्न भएको छ ।
एसोसियसनको साधारणसभाको उद्घाटन गदै प्रमुख अतिथि गण्डकी प्रदेशसका सामाजिक विकास तथा युवा, खेलकुद मन्त्री रेखा गुरूङले ब्यवसायीले आफ्नो ब्यवसायलाई सबल र सुदृढ गर्ने सकेमा देशको आर्थिक विकासमा सहयोग पुग्ने बताउदै अहिलेको समयमा ग्राहक र ब्यवसायीबीच सम्बन्ध सुमधुर हुनुपर्ने बताउइन् । मन्त्री गुरूङले एस प्रदेशको आर्थिक गतिविधिमा बुद्व विशाल बजारको ठूलो योगदान रहेको समेत बताईन् ।
पोखरा ४ का वडा अध्यक्ष देवकृष्ण पराजुलीले आफू सधैं व्यवसायीको साथमा रहेको बताउँदै व्यवसायीहरूले पनि महानगरपालिकासँग समन्वय गरेर अघि बढ्न आग्रह गरे ।
पोखरा उधोग वाणिज्य संघका अध्यक्ष गोर्कण कार्कीले आफ्नो कार्याकालको आफू अन्तिम समयमा आएको बताउदै आगामी भदौ २०,२१ गते हुन लागेको पोखरा उधोग वाणिज्य संघको अधिवेशनमा काम गर्न सक्ने,सक्षय नेत्रित्व चयन गर्न र एशोसियसनका उपाध्यक्ष मनोहरि पौडेललाई पोखरा उधोग वाणिज्य संघको आगामी अधिवेशनमा अत्यधिक मतका साथ कार्यसमिति सदस्यमा विजयी गराईदिनुनहुन समेत आग्रह गरे ।
एसोसियसनका पूर्व अध्यक्ष एव मानार्थ सदस्य केशव बहादुर खत्रीले व्यवसाय नविकरण र नयाँ व्यवसायीको ब्यवसाय दर्ता गर्ने प्रक्रिया सहज रूपमा गर्ने वातावरण बनाउन स्थानीय सरकारलाई आग्रह गरे । एशोसियसनका पूर्व अध्यक्ष प्रजन कुमार थापाले व्यवसायीहरु बिच एक आपसमा समन्वय गरी अगाडी बढ्न सके मात्र व्यवसायीहरुको व्यवसाय प्रवर्धनमा सहयोग पुग्ने विचार व्यक्त गरे ।
संस्थाका अध्यक्ष बुद्वी बहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा सर्वेश्वर व्यवसायी समितिका अध्यक्ष छविलाल गौतम एसोसियसनका उपाध्यक्ष मनोहरि पौडेल महासचिव थमनसिह गुरूङ सचिव शान्ति श्रेष्ठ जोशी कोषाध्यक्ष गोविन्द दाहाल लगायतले बोलेका थिए ।
सभामा एसोसिएसनका पुराना व्यवसायीहरू एसोसिएसनमा आबद्ध व्यवसायीका छोराछोरीमध्ये प्लस टु,स्नातक ,स्नातकोत्तरमा उत्कृष्ट अंक ल्याउने व्यवसायीका छोराछोरी तथा एशोसियसनका नयाँ सदस्यहरू,एशोसियसनबाट विभिन्न ठाउमा प्रतिनिधित्व गर्ने सदस्यहरू लगाएतलाई सम्मान तथा स्वागत गरिएको थियो ।
तपाईको प्रतिक्रिया