पोखरा एक्सप्रेस ,पोखरा ।
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज), गण्डकीमा स्थापित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८३’ बाट कास्कीका पत्रकार खेम सारुमगर र स्याङ्जाका गोपाल जिटी सम्मानित भएका छन् ।बिहीबार पोखरामा आयोजित पुरस्कार वितरण समारोहमा कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ र पुरस्कार कोषका दाता विमलमान गुभाजुले जनही रु २५ हजारसहित सम्मानपत्र प्रदान गरे ।
सारुमगर सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, प्रादेशिक प्रसारण केन्द्र, पोखरामा र जिटी प्रमाण मिडिया ग्रुप प्रालिअन्तर्गतको प्रमाण न्यूज साप्ताहिक र प्रमाण अनलाइनमा कार्यरत छन् । ‘फोनिज’को २७ औँ स्थापना दिवसका अवसर पारेर पत्रकारद्वयलाई पुरस्कृत गरिएको ‘फोनिज’ गण्डकीका अध्यक्ष खिमा गुरुङले जानकारी दिए ।पोखराका व्यवसायी विमलमान गुभाजु र उनको परिवारले आफ्ना बाबुआमा वेदमान गुभाजु र नेत्रकुमारीको स्मृतिमा यो पुरस्कार स्थापना गरेका हुन् ।
तपाईको प्रतिक्रिया