पोखरा एक्सप्रेस , पोखरा ।
आन्तरिक राजस्व कार्यालय पोखराले बिभिन्न कार्यक्रमहरूको आयोजना गरी राष्ट्रिय कर दिवस तथा कर सप्ताह कार्यक्रम सम्पन्न गरेको छ । “कर न्याय र सुशासनको सुनिश्चितताः समृद्धिमा नागरिक सहभागिताू भन्ने मुल नारा सहित सोमबार एक कार्यक्रमका बिच राष्ट्रिय कर दिवस तथा कर सप्ताह सम्पन्न भएको हो। राष्ट्रिय कर दिवस तथा कर सप्ताह समापन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकृत कुमान सिंह गुरुङले राजस्व लक्ष्य प्राप्तिका लागि सम्बन्धित निकायहरूले अफ्नो दायित्व पुरा गर्नुपर्ने बताउनु भयो । उहाँले दर्ता, दायित्व, दाखिला, दक्षता, दायरा वृद्धि गर्ने, दर घटाउने, उचित दण्ड जरिवाना गर्ने जस्ता कार्यलाई प्राथमिकता दिनुपर्ने बताउनु भयो। उहाँले नागरिक तथा व्यवसायीले आफ्नो कर दायित्व इमानदारीपूर्वक पूरा गर्दा राज्यको आर्थिक आधार बलियो हुने उहाँको भनाइ थियो। करबाट प्राप्त राजस्व नै मुलुकको विकास, सार्वजनिक सेवा प्रवाह र समृद्धिको महत्वपूर्ण आधार भएकाले कर तिर्ने संस्कारलाई सबैले आत्मसात् गर्नुपर्ने उहाँले बताउनुभयो।
कार्यक्रममा बोल्दै आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव प्रसाद ढुङ्गानाले कर कानूनको पालना गरी राजस्व संकलनमा योगदान गर्नु हुने करदाताप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। उहाँले कार्यालयले प्रदान गर्ने सेवाहरूमा गुणात्मक परिवर्तन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यकममा बोल्दै उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष शोभा गौतम, चेम्बर अफ कमर्श पोखराका अध्यक्ष उमराज बास्तोला, स्याङ्जा चेम्बर अफ कमर्शका अध्यक्ष श्री गुरूङ लगाएतका व्यवसायी संघ संस्थाका पादाधिकारीहरूले कर प्रशासन व्यवसायमैत्री बन्नुपर्नेमा जोड दिदै राज्यले व्यवसायीक वातावरण सुधार गर्न आवश्यक पहल कदमी गर्नुपर्नेमा जोड दिनुभयो।
तपाईको प्रतिक्रिया