आदर्श हार्डवेयरको वार्षिकोत्सव तथा शुभकामना आदान–प्रदान कार्यक्रम
- Pokhara Express
- २०८३ मंसिर ७ आइतबार
पोखरा एक्सप्रेस पोखरा ।
पोखरा–२९, भण्डारढिकस्थित आदर्श हार्डवेयरको १५औँ वार्षिकोत्सव तथा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार भएको छ ।
शिवम सिमेन्ट लिमिटेडको प्रवद्र्धन तथा ॐ आशिर्वाद ट्रेडर्स, नोबेल बिल्डर्स कम्पनी प्रा.लि., सौन्दर्य बाई बिन्दिया र ओजस्वी सप्लार्यसको व्यापारिक साझेदारीमा कार्यक्रम भएको हो । कार्यक्रममा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य छत्रधर आत्रेयले आदर्श हार्डवेयरका सञ्चालक विजय गुरुङले उत्पादक, ग्राहक, निर्माण व्यवसायी र सामाजिक संघसंस्थालाई जोड्दै वार्षिक समीक्षा र हौसलाका लागि कार्यक्रम राख्नु सराहनीय रहेको बताए । व्यावसायिक मर्यादा, इमानदारी, ग्राहक सन्तुष्टि र सामाजिक उत्तरदायित्वमा हार्डवेयर यस क्षेत्रकै नमुना बनेको उल्लेख गर्दै उनले व्यवसायलाई अर्को पुस्तामा हस्तान्तरण गर्न सकिने गरी दिगो बनाउनुपर्नेमा जोड दिए ।
लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुलीले हार्डवेयरलाई यो उचाइमा पु¥याउन अहोरात्र खटिने कर्मचारी, उपभोक्ता र शुभचिन्तकप्रति आभार व्यक्त गरिन् । देशमै सम्भावना देखेर १५ वर्षअघि व्यवसाय थालेका ऊर्जावान् युवा विजय गुरुङले आदर्श हार्डवेयरलाई प्रतिष्ठित ब्रान्डका रूपमा स्थापित गरेको उनले बताइन् । शिक्षकसमेत रहेका गुरुङको दूरदृष्टि निजी क्षेत्रका लागि सौभाग्य भएको उल्लेख गर्दै पराजुलीले असहाय तथा पिछडिएका वर्गको उत्थान र नारी सम्मानमा उनको भूमिका उदाहरणीय रहेको प्रशंसा गरिन् । कमाइको केही अंश सामाजिक सेवामा खर्चने हार्डवेयरमा गुणस्तरीय सेवाकै कारण ग्राहक दिगो रूपमा जोडिएको उनले बताइन् ।
कार्यक्रममा लेखनाथ निर्माण व्यवसायी संघका अध्यक्ष भिमबहादुर नेपाली, जनप्रकाश बहुमुखी क्याम्पसका प्रमुख एवं पब्लिक क्याम्पस गण्डकी प्रदेशका अध्यक्ष ऋषि बुढाथोकी, रास्वपा वडा नं २९ वडा सभापति प्रभात पौडेल, नेपाल फोटो पत्रकार संघ कास्कीका अध्यक्ष राम गुरुङलागयतले व्यवसायको नेटवर्किङ र प्रगतिसँगै संस्थाले निर्वाह गरिरहेको सामाजिक उत्तरदायित्व प्रशंसा गरेका थिए ।
हार्डवेयरका सञ्चालक विजय गुरुङले आगामी दिनमा अझ उत्कृष्ट सेवा दिदै अघि बढ्ने बताए । बजारको माग अनुसार थप परिस्कृत हुदैं जाने पनि उनको भनाइ थियो ।
तपाईको प्रतिक्रिया