पोखरा एक्सप्रेस ,पोखरा ।
२०८३ भाद्र १० गते चिनको तिब्बतिय क्षेत्र हुँदै नेपालको रसुवा र भोटेकोशी बाढी पहिरोमा परि ज्यान गुमाउनु भएका आत्माको स्वर्गवासको कामना गर्दै घाईते र घरबार बिहिन हुनुभएका परिवारलाई सहयोग पुर्याउन रामबजार सोसाइटी युकेका सहयोगी सदस्यहरूबाट संकलित रकम ५० हजार प्राइम मिनिष्टर डिजाष्टर राहत कोष राष्ट्रिय बाणिज्य बैंकमा जम्मा गरी जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरूङलाई जानकारी गराइयो ।
कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरूङले देशमा भैपरी आइरहेको यस बिपत दुःखद परिस्थितीको समयमा बिदेसमा रहेर पनि नेपाललाई माया गरी राहत सहयोग गरेकोमा रामबजार सोसाइटी युकेलाई धन्यबाद दिनुभयो ।
उक्त बाढी पिडित राहत कोषमा सहयोग रकम जम्मा गरेको जानकारी कार्यक्रममा रामबजार सोसाइटी युकेका सस्थापक उपाध्यक्ष एवं पुर्ब अध्यक्ष रूपक गुरूङ, सल्लाहाकार डा. चन्द्र बहादुर गुरूङ, सहयोगी सम्मर बहादुर श्रेष्ठ, हिरा देबी श्रेष्ठको सहभागीतामा जानकारी गराइएको उक्त सोसाइटी ई संम्बत २०१० मा युकेमा रामबजार सोसाइटी युके नामको संस्था स्थापना गरी नेपालमा भैपरी आउने हरेक बिपत तथा सामाजीक कार्यमा सहयोगी भाबना राखी २०७२ को बिनासकारी भुकम्प समेत अतुलनीय सहयोग गरेको थियो ।
तपाईको प्रतिक्रिया