सम्पादक शर्मा न्यूनतम पारिश्रमिक निर्धारण समितिको सदस्यमा मनोनीत
- Pokhara Express
- २०८२ असार २० शुक्रबार
२० असार,पोखरा ।
पोखरा एक्सप्रेस मिडिया प्रा.लि. द्वारा सञ्चालित पोखरा एक्सप्रेस डट कम की सम्पादक जमुना वर्षा शर्मा नेपाल सरकारद्वारा श्रमजीवी पत्रकारहरूको हकहितका लागि गठित “न्यूनतम पारिश्रमिक निर्धारण समिति” को सदस्यमा मनोनीत हुनुभएको छ।
शर्मालाई शुक्रबार नेपाल सरकारका प्रवक्ता तथा सूचना, सञ्चार तथा प्रविधि मन्त्री माननीय पृथ्वी सुब्बा गुरुङको मन्त्रीस्तरीय निर्णयअनुसार सो पदमा नियुक्त गरिएको हो।
वि.सं. २०५८ सालमा बागलुङबाट प्रकाशित धवलप्रभात साहित्यिक मासिक पत्रिकाबाट साहित्यिक पत्रकारितामार्फत पत्रकारिता आरम्भ गर्नुभएकी शर्माको पोखराका माछापुच्छ्रे एफएम, पोखरापत्र दैनिक, महिला खबर डट कम, देशसञ्चार डट कम ,रेडियो जननी जस्ता विभिन्न सञ्चारमाध्यमहरूमा संवाददाताका रूपमा काम गरेको अनुभव छ।
झण्डै तीन दशकदेखि सम्पादकीय नेतृत्वदायी भूमिकामा रहँदै आउनुभएकी शर्माले सम्पादकीय नीति निर्माण, सामग्रीको गुणस्तर, जनसंवेदनशील रिपोर्टिङ, महिला तथा समावेशी पत्रकारिता लगायत सञ्चार क्षेत्रको विकास र श्रमजीवी पत्रकारहरूको हकहितमा विशेष योगदान पुर्याउँदै आउनुभएको छ।
पोखरा एक्सप्रेस पत्रिकामा प्रधान सम्पादकका रूपमा कार्य गरिसक्नुभएकी शर्मा हाल नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिकी महासचिव हुनुहुन्छ भने राष्ट्रिय समाचार समितिको सम्बादाताको रूपमा समेत कार्यरत हुनुहुन्छ । त्यस्तै शर्माले सन्चारिका समुह गण्डकी प्रदेश समितिको पूर्ब अध्यक्ष , प्रेस चौतारी नेपालकी पूर्व केन्द्रीय सदस्य तथा पूर्व महिला विभाग प्रमुख ,नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष समेत रहेर पत्रकारिताको संस्थागत विकासमा समेत योगदान पुर्याउनु भएको छ।
सम्माननिय पूर्ब राष्ट्रपति बिद्यादेबि भण्डारी बाट प्रेस काउन्सिल नेपालको महिला शसक्तिकरण पत्रकारिता पुरस्कार सहित दर्जनौं पुरस्कार र सम्मानबाट सम्मानित भैसक्नुभएका शर्मासंग गण्डकी प्रदेशका पूर्ब प्रदेश प्रमुख सीता पौडेलको प्रेस सम्योजक भएर काम गरेको अनुभव समेत रहेको छ।पत्रकारिता र नेतृत्व विकाससम्बन्धी तालिममा कुशल प्रशिक्षकको रूपमा चिनिनुहुने शर्मा समावेशी र लैङ्गिक मैत्री समन्यायिक विषयहरूमा रिपोर्टिङमा विशेष दख्खल राख्नुहुन्छ।
तपाईको प्रतिक्रिया