१९ पुगे ,पोखरा ।
- पोखरा – ८, सृजनाचोकस्थित सृजना मा.वि.का ३ विद्याथीहरूले चिनिया भाषा प्रशिक्षण केन्द्र, काठमाण्डौंबाट २ लाखको एम्बेस्डर छात्रवृत्ति प्राप्त गरेका छन् । विद्यालयको कक्षा ६ डार्विनका छात्र रोहन परियारले एक लाख नगद छात्रवृत्ति प्राप्त गरेका छन् भने कक्षा ८ डार्विनका छात्र अग्रज ढकाल र कक्षा ७ न्युटनकी छात्रा खुसी पौडेलले जनही ५०/५० हजार नगद छात्रवृत्ति प्राप्त गरेका हुन् ।
चिनिया भाषा प्रशिक्षण केन्द्रबाट छात्रवृत्तिका लागि आवेदन माग भएपछि कक्षा ४ देखि ८ सम्म अध्ययनरत ५७० जनाले आवेदन पेस गरेका थिए । जसमध्येबाट विभिन्न चरणका लिखित र मौखिक परीक्षाका माध्यमबाट ३ जना विद्यार्थीहरू छात्रवृत्तिका लागि अन्तिम छनोटमा परेका थिए । यसका साथै चिनिया भाषा, कला र संस्कृतिमा उत्कृष्टता हासिल गर्न सफल मेधावी तथा जेहेन्दार विद्याथीहरूलाई छनोट प्रक्रियाको प्राथमिकतामा राखिएको कुरा विद्यालयका चिनिया भोलेन्टेयर शिक्षक यान युहई र छ्याङ फ्यानले जानकारी दिए ।
पुस १८ गते बिहिवारका दिन एक कार्यक्रमका बिच विद्यार्थीहरुलाई प्रमाणपत्रसहित नगद छात्रवृत्ति प्रदान गरिएको थियो। विद्यालयका प्राचार्य डोलराज पाण्डेले केन्द्रबाट प्राप्त नगद रकम र प्रमाणपत्र वितरण गर्नुभएको थियो । छात्रवृत्ति विजेता विद्यार्थीहरुलाई बधाई तथा शुभकामना मन्तव्य राख्दै प्राचार्य पाण्डेले नेपाल र चीनबीच गहिरो दौत्य सम्बन्ध रहँदै आएको र चीनले विगत लामो समयदेखि भाषा, संस्कृति, कला एवम् प्रविधिका क्षेत्रमा महत्त्वपूर्ण सहयोग र सहकार्य गर्दै आएको कुराको स्मरण गर्नुभयो । साथै नेपाली विद्यार्थीमा पनि चिनिया भाषाको राम्रो ज्ञान भएमा चीनमा गएर विभिन्न विषयहरू पढ्न सजिलो हुने विचार व्यक्त गर्नुभयो । उक्त अवसरमा विद्यालयका सल्लाहकार कृष्णप्रसाद घिमिरे, विद्यालय निर्देशक सीता पाण्डे, भाइस प्रिन्सिपल इन्द्रकुमार श्रेष्ठ लगायत विद्यालयका शिक्षक, विद्यार्थीहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा विद्यालयका सल्लाहकार कृष्णप्रसाद घिमिरे तथा चिनिया भोलेन्टेयर शिक्षक यान युहइले विजेता विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । विद्यालयमा २०७५ सालदेखि चीनिया भाषा प्रशिक्षण केन्द्रको सहकार्यमा कक्षा ४ देखि ८ सम्म नियमित रूपमा चिनिया भाषाको पठनपाठन हुँदै आएको छ ।
तपाईको प्रतिक्रिया