पोखरा, २६कात्तिक । पोखरा महानगरपालिका वडा नं १७ सीताको पाइलास्थित
पोखरा बृद्धाश्रममा स्थापित पोखरा जेरियाट्रिक स्वास्थ्य कक्षको उद्घाटन गरिएको छ ।
उक्त कक्षको शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले
उद्घाटन गर्नुुभएको हो ।
बृद्धाश्रमको व्यवस्थापनमा दुई जना स्वास्थ्यकर्मीका साथै नौवटा विस्तारा,
थेरापी मेसिन एवम् औषधी उपलब्ध जेरियाट्रिक स्वास्थ्य कक्ष स्थापना गरिएको हो
।
कार्यक्रममा मन्त्री पौडेलले स्वास्थ्य विमाका लागि स्रोत सुनिश्चित गरी यसलाई
व्यवस्थित र प्रभावकारी बनाउने योजनामा सरकार रहेको बताउनुुभयो ।
स्वास्थ्य विमाबाट प्राप्त गर्ने सेवालाई गुणस्तरीयका साथै सहज बनाउनुु
आवश्यक भएको बताउँदै उहाँले स्रोतको सुनिश्चिताका लागि आम्दानीको आधारमा
विमा कोषमा योगदान जस्ता विषयलाई अघि बढाउनुुपर्ने बताउनुुभयो ।
स्रोतको सुनिश्चितताका विभिन्न बैज्ञानिक आधार समेत प्रस्तुत गर्दै आँफूले
विमाको रकम पाँच लाख पुर्याउनुपर्ने विषयलाई प्रस्ताव गरेको उहाँले
बताउनुुभयो ।
देशको बजेटको चार प्रतिशत रकम मात्रै स्वास्थ्य क्षेत्रमा लगानी भएको
बताउँदै मन्त्री पौडेलले राज्यले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्दै
उक्त रकम १० प्रतिशतको हाराहारीमा पुुर्याउनुु आवश्यक भएको बताउनुुभयो ।
आँफू आम सर्वसाधारणले प्राप्त गरेका सुविधालाई कटाउने पक्षमा नभै
त्यसलाई सुरक्षित कसरी गराउनेतर्फ लागेको उहाँले स्पष्ट पार्नुुभयो ।
सरकारले १४ वर्ष मुनीका बालबालिकाको क्यान्सर रोगको निशुल्क उपचार, जलन
रोगको निशुल्क उपचार जस्ता विषयलाई अघि सारेको बताउँदै उहाँले आम
सर्वसाधारणको स्वास्थ्योपचार सेवालाई प्रभावकारी बनाउने कुरामा सरकार निरन्तर
लागिरेहको बताउनुुभयो । पोखरामा बृद्धाश्रममा सञ्चालित जेरियाट्रिक स्वास्थ्य कक्षमा
आवश्यक स्वास्थ्य उपकरण एवम् औषधीका लागि सहयोग गर्ने उहाँले विश्वास
व्यक्त गर्नुुभयो ।
पोखरा बृद्धाश्रमका अध्यक्ष कुशुमकेशव पराजुलीले बृद्धाश्रम सञ्चालन भए यता
निरन्तर रुपमा असहाय ज्येष्ठ नागरिकलाई सेवा प्रवाह गरिएको बताउनुुभयो ।
ज्येष्ठ नागरिकहरूमा समस्याका रुपमा देखिने बिस्मृतिजन्य रोगको उपचारको
लागि जेरियाट्रिक स्वास्थ्य कक्ष स्थापना गरिएको उहाँले जानकारी दिनुुभयो ।
तपाईको प्रतिक्रिया