काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । संसद्को बर्खे अधिवेशनमा सांसदहरुले खेल्ने भूमिकाबारे छलफल गर्न बैठक बोलाइएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
प्रमुख सचेतक बर्तौलाका अनुसार शुक्रबार साढे ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने गरी बैठक बोलाइएको छ ।
बैठकमा दलका नेता समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र आगामी दिनमा एमाले सांसदहरूले संसद्मा खेल्नुपर्ने भूमिकाबारे जानकारी गराउने कार्यक्रम रहेको सांसदहरूले बताएका छन् । संसद्को अधिवेशन आज दिउँसो २ बजे सुरु हुँदैछ । जसअनुसार प्रतिनिधिसभा बैठकमा दलीय आधारमा नेताहरूलाई बोल्न दिने कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ ।
सहकारी ठगी प्रकरणमा जोडिएका रास्वपा सभापति तथा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्ष कांग्रेसले संसद् अवरोध गर्ने चेतावनी दिँदै आएको छ ।
तपाईको प्रतिक्रिया