धन्यवाद छ सहयोग गर्नेलाई
रित्ता गाग्री पानीले भर्नेलाई
समस्याको ठूलै थियो घेरो
आधि रातमै गर्दथ्यौ पँधेरो
गण्डकी
वार्सौदेखि पानीको समस्याले जकडिएको भलामको खोरकी स्थानीय सञ्जिता भण्डारीले गाउँमा खानेपानी आएको खुशीयालीमा गाएको गित हो यो । पानीका कारण विगतमा कस्टकर जिवन विताएको कथा र व्यथालाई भण्डारीको यो गितले समेटेको छ ।
हालै गण्डकी प्रदेश सरकारको एक घर एक धारा कार्यक्रम अन्तर्गत सम्पन्न भएको योजनाले यतिखेर पोखरा २० भलामखोरका वासिन्दामा खुशीयाली छाएको छ । एक गाग्री पानीका लागि घण्टौ विताउनु पर्ने मात्र होइन आधा रातमा पँधेरो धाउने अवस्थाको समेत अन्त्य भएको गितमा उल्लेख छ ।
गितमार्पm उहाँले थप्नुभयो “यसअघि गाउँमा ५ वटा धारा थिए, पानीको कम हुँदा छिमेकी बिचमा वेलावेलामा भैmझगडा हुने गर्दथ्यो, अहिले घरघरमा धारा आएपछि छिमेकी विचमा सुमधुर सम्वन्ध कायम भएको छ ।”
आर्थिक सहयोग गरि रित्ता गाग्रीमा पानी भर्ने र रातदिन नभनिकन योजना सम्पन्न गर्न खटने समाजसेवीलाई धन्यवाद दिंदै सन्देशमुलक गितमा भनिएको छ घरघरमा धारा जडान भएपनि करेसावासीमा समेत हरियाली भई आयअर्जनमा समेत थप सहयोग पुग्ने विश्वास गरिएको छ ।
आर्थिक बर्ष २०७७। ०७८ मा निर्माण शुरु गरिएको इक्राघारी विचारी खानेपानी आयोजनाको पानी घरघरमा आएपछि यस क्षेत्रका उपभोक्ताको मुहारमा यतिखेर खुशियाली छाएको हो ।
उक्त आयोजना अन्तर्गत एक हजार सातसय मिटर लम्बाईमा जंङगलबाट दुई इञ्चिको पाईपबाट ल्याएको पानी छुट्टाछुट्टै स्थलमा निर्माण गरिएका तीनवटा टंकीमा संकलन गरिको पानी स्थानीय ९० धारा जडान गरिएको छ ।
आर्थिक बर्ष २०७७। ०७८ मा निर्माण शुरु गरिएको उक्त आयोजना अन्तर्गत एक हजार सातसय मिटर लम्बाईमा जंङगलबाट दुई इञ्चिको पाईपबाट ल्याएको पानी बिभिन्न स्थलनमा निर्माण गरिएका तीनवटा टंकीमा संकलन गरि उपभोक्ताका घर घरमा पु¥याइएको छ ।
दुई दशक भन्दा पहिल्य नेपाल रेडक्रस सोसाईटी र लायन्स क्लवको आर्थिक सहयोगमा एक इञ्चिको पाईपबाट ल्याइएको पानी अपुग भएपछि नयाँ योजना शुरु गरिएको इक्राघारी विचारी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका संस्थापक अध्यक्ष तुलसी प्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।
प्रदेश सरकारको एक करोड ८ लाख ४८ हजार र १० लाख ८४ हजार ८०० रुपैया बराबरको जनश्रम परिचालन गरि योजना सम्पन्न भएको उहाँले उद्घाटन कार्यक्रममा जानकारी दिनुभएको हो । आयोजनाबाट थप २५ वटामात्र नयाँ धारा जडान गर्न सकिने क्षेमता रहेको छ ।
उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री सरास्वती अर्याल तिवारी, गण्डकी प्रदेश सभा सदस्य विन्दुकुमार थापा, वडाअध्यक्ष गंगा बहादुर क्षेत्री लगायत खानेपानी डिभिजन कार्यालयका प्रमुख सहित कर्मचारीहरुको सहभागिता रहेको थियो ।
सोही अवसरमा उपभोक्ता समितिको दोश्रो साधारण सभा एवम् प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले एक बहादुर घर्तीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समितिको चयन गरेको छ ।
समितिको उपाध्यक्षमा शम्सेर वहादुर थापा, सचिव मिलन कुमार जिसी, कोषाध्य माया तिमिल्सिन र सदस्यमा जीवन जिसी, लक्ष्मी जिसी, अम्वीका भण्डारी, सरु जिसी नारायण सुवेदी र ऋषिमाया पौडेल रहनु भएको छ ।
कार्यक्रममा सामाजिक व्यक्तित्व तोरणबहादुर गुरुङ, टेबबहादुर जिसी,माया तिमिल्सिना, विश्व जिसी, रुद्रबहादुर रानाले खानेपानीकोे महत्व माथि प्रकाश पार्नुभएको कार्यक्रममा समितिका सचिव प्रजापति पौडेलले प्रगित र कोषाध्यक्ष माया जिसीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । (राष्ट्रिय समाचार समिति(रासस)
तपाईको प्रतिक्रिया