४ पुस पोखरा ।पोखराबाट अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुक जाँदै गरेको स्कारपियो बिहीबार दिउँसो दुर्घटना भएको छ । ग १ ज ६८२१ नम्बरको स्कारपियो घान्द्रुकको बतासे डाँडामा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
घाइते मध्य १ जनालाई एम्बुलेन्स र ४ जनालाई सिम्रिक एयरबाट उद्धार गरिएको प्रहरीले बताएको छ । चालक र सामान्य घाइते भएका अर्का एक यात्रुलाई प्रहरीको गाडीमा पोखरा ल्याइँदै गरेको प्रहरीले जानकारी दिएको छ ।
गाडी करिव ६ सय मिटर तल खसेको बताइएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट्राफिक प्रहरीले चालकको लापरवाहीले दुर्घटना भएको जनाएको छ । दुर्घटनामा परेर एक जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया