पोखरा एक्सप्रेस ,काठमाडौं।
कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको बिग मुभिजले दुई दशकपछि हलको रिनोभेसन गरी अन्तर्राष्ट्रियस्तरको प्रविधि जडान गरेको छ।मल्टिप्लेक्स बिग मुभिजले अन्तर्राष्ट्रिय स्तरको प्रविधि भित्र्याएको हो। बिग मुभिजले दुई दशकअघि नेपालमा आधुनिक मल्टिप्लेक्स संस्कृतिको सुरुवात गरेको थियो।
हाल हलको रिनोभेसन गरिरहेको कम्पनीले प्रविधि, ध्वनि, सिट, वातावरणजस्ता सबै पक्षमा अन्तर्राष्ट्रियस्तर कायम गरिएको जनाएको छ।
बिग मुभिजले स्टेट अफ द आर्ट दृश्य प्रविधि बारको ४के आरजीबी लेजर प्रोजेक्टर जडान गरेको छ। कम्पनीले युरोपेली ब्रान्डको बहुचर्चित बारको एसपी४के–२०सी (सिरिज ४०) स्मार्ट लेजर प्रोजेक्टरमा २१,००० ल्युमेन्सको ब्राइटनेस र ४के (४०९६/२१६०) को नेटिभ रिजोलेसन रहेको छ। पर्दामा फिल्मका दृश्यलाई अत्यन्त स्पष्ट, चम्किलो र जीवन्त बनाउन कम्पनीले ठूलो रकम खर्चेर यो प्रोजेक्टर जडान गरेको हो ।
साउन्ड सिस्टमतर्फ थ्री–डी इमर्सिभ साउन्ड सिस्टम ९डल्बी एटमस ६४–च्यानल सिस्टम जडान गरिएको छ। परम्परागत साउन्ड सिस्टमभन्दा फरक हरेक स्पिकरलाई स्वतन्त्र अडियो फिड दिने गरी ६४–च्यानल डल्बी एट्मस प्रविधि जडान गरिएको छ।
हलमा ओभरहेड र चारैतिर राखिएका स्पिकरहरू तथा सीपी९५०ए साउन्ड प्रोसेसरको मद्दतले १२८ वटासम्म साउन्ड अब्जेक्टहरूलाई एकैपटक नियन्त्रण गरी दर्शकलाई चारैतर्फबाट वास्तविक ध्वनि अनुभव गराउँछ। यी स्पिकरका कारण विशेषगरी एक्सनरसाउन्ड–इन्टेन्सिभ चलचित्रहरूमा दर्शकले थप रोमाञ्चक अनुभव लिन पाउँछन्।
हलका सिटलाई पनि आरामदायी बनाइएको छ भने थप विलासी र आरामदायी अनुभवका लागि २९ वटा २९ इन्चका ‘रोयल लक्जुरिया’ क्रिम कलर रिक्लाइनर जडान गरिएको बिग मुभिजका चेयरम्यान राजेन्द्र अर्यालले मंगलबार आयोजित पत्रकार सम्मेलनमा बताए।
तपाईको प्रतिक्रिया