पोखरा एक्सप्रेस ,बझाङ ।
केदारस्युँ गाउँपालिका –०७ भानचौरस्थित भित्री सडक खण्डमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।आज बिहान ०९:१० बजेको समयमा केदारस्युँ गाउँपालिका –०७ भानचौरबाट काँडाचौरतर्फ जाँदै गरेको सु.प.प्र.०१-००१ च ४३७६ नम्बरको जिप ब्रेक फेल भई सडकबाट अन्दाजी १०० मिटर तल खस्दा दुर्घटना भएको हो ।उक्त जिपमा दुर्घटनामा परी केदारस्युँ गाउँपालिका –०७ काँडाचौर बस्ने अन्दाजी २७ वर्षीया पविता धामी र ४० वर्षीय गोपाल धामीको घटनास्थलमै मृत्यु भएको छ ।
घाइते हुनेमा केदारस्युँ गाउँपालिका –०७ बस्ने ४५ वर्षीय प्रमबहादुर धामी, ३२ वर्षीय रमेश धामी, २६ वर्षीय रमेश धामी, २२ वर्षीया रेखा धामी, दुर्गाथली गाउँपालिका–६ बस्ने ४२ वर्षीया शारदा धामी जाग्री र ४२ वर्षीय रामकुमार धामी रहेका छन् ।घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाइएको छ भने जिपमा सवार भएका यात्रुहरूको विवरण लिने कार्य तथा दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
तपाईको प्रतिक्रिया