पोखरा असोज १७
सीप हस्तान्तरणद्वारा सशक्तीकरण ( नेष्ट )को २४ औं नार्षिक साधारण सभा सनिवार पोखरामा सम्पन्न भएको छ।
सभाको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले गर्नुभएको थियो। प्रमुख पौडेलले सीप मार्फत सशक्तीकरण सहित अय आर्जनका सन्दर्भमा नेष्टको भुमिका उल्लेखनीय रहेको उल्लेख गर्नुभयो । उहाँले समाजका सीमान्तकृत ,पछाडी परेका समुदायलाई थप ध्यान सहित आय आर्जनका कार्यक्रम संचालन गर्न आग्रह गर्दै यसले अबसरहरूको पहिचान र स्वरोजगारको निर्माणका लागि महत्त्वपूर्ण हुन उल्लेख गर्नुभयो । कार्यक्रममा रुपान्तरण महिला समूह पोखरा १५ का अध्यक्ष बेलमाया गुरुङ ,पोखरा महानगर पालिका वडा न १५ का अध्यक्ष तोरण बहादुर बानियाँ, गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्र बाबू तिवारी सहितले मन्तव्य व्यक्त गर्नुभएको थियो।
सो अबसरमा संस्थाका कर्मचारीहरू कार्यक्रम प्रबन्धक हरि प्रसाद लुइँटेल ,लेखा तथा प्रशासन सहायक मुना मजाकोटी र कार्यालय सहायक मनु जि सि लाई सम्मान तथा पुरस्कृत गरिएको थियो।सो संस्थाका अध्यक्ष सुर्य प्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न साधारण सभामा स्वागत उपाध्यक्ष कमला श्रेष्ठ र संचालन सचिब गुरुङले गर्नुभएको थियो।
तपाईको प्रतिक्रिया