पोखरा एक्सप्रेस ,पोखरा ।
जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत समेतबाट संचालन भई रहेको “Operation 365” अन्तर्गत असोज १६ गते रातिको समयमा पोखरा महानगरपालिका अन्तर्गत विभिन्न स्थानहरुमा चेकजाँच गर्दा स्वरुप परिवर्तन गरी ध्वनी प्रदुषण गर्ने थप ११ वटा सवारी साधनहरु नियन्त्रणमा लिइएको । ती सबारी साधन लाई आवश्यक कारहवाही प्रकृया अगाडी बढाइएको छ।
ईलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको प्रहरी टोलीले तालचोक एरियाबाट ७ वटा मो.सा. नियन्त्रणमा लिएकोहो भने वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले लेकसाईड, राष्ट्रबैंकचोक एरियाबाट १ वटा मो.सा. नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ। त्यसैगरी वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले नदिपुर एरियाबाट १ वटा मो.सा. नियन्त्रणमा लिएको छ।वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले अम्मरसिंहचोक एरियाबाट २ वटा मो.सा. नियन्त्रणमा लिएको बताइएको छ।कास्कीमा हालसम्म सो अपरेसन अन्तर्गत ८८२ वटा सवारी साधन र ३६ जना मानिस नियन्त्रणमा लिइ कारवाही गरिएको जिल्ला प्रहरी कास्कीले जनाएको छ।
तपाईको प्रतिक्रिया