काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो पन्छाउने कार्य तीव्र गतिमा अघि बढाइएको बताएका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै मन्त्री लम्सालले सो कुराको जानकारी दिएका हुन् ।
उनले पहिरोको दुवै छेउबाट १८ जना परिचालन गरी रुख कटानको काम भइरहेको र पहिरो पन्छाउन आवश्यक निर्माण उपकरणहरू दुवै छेउमा तयारी अवस्थामा राखिएको जानकारी दिएका छन् । रुखको कटान सकिने बित्तिकै उपकरणहरू परिचालन गरी पहिरो पन्छाउने कार्य सुरु गरिने उनले बताएका छन् ।
उनले फेसबुकमा लेखेका छन्–
पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो पन्छाउने कार्य अगाडि बढेको छ ।
–पहिरोको दुवै छेउबाट १८ जना परिचालन गरी रुख कटानको काम भइरहेको छ।
–पहिरो पन्छाउन आवश्यक निर्माण उपकरणहरू दुवै छेउमा तयारी अवस्थामा राखिएका छन्।
–रुख कटानको काम सम्पन्न हुनासाथ उपकरणहरू परिचालन गरी पहिरो पन्छाउने कार्य सुरु गरिनेछ।
–सडक सञ्चालनलाई प्राथमिकतामा राखी काम तीव्र गतिमा अघि बढाइएको छ।
तपाईको प्रतिक्रिया