पोखरा एक्सप्रेस ,पोखरा ।
नेपाल उद्योग वाणिज्य महासंघको आयोजना तथा युरोपियन युनियन तथा जर्मन साझेदार संस्था जीआइजेडसँगको सहकार्यमा पोखरामा कफी किसानहरुको भेला आयोजना गरिएको छ । कफी किसानहरुबीच अनुभव आदान–प्रदान तथा सहकार्यका निम्ति आयोजित सो भेलामा कास्की,स्याङ्जा र पर्वतका २४ जना किसानहरुको सहभागिता रहेको थियो । सो भेलामा नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य गोकर्ण कार्कीले किसानहरुबीच हुने अनुभव आदान प्रदानले समस्या समाधान र नयाँ सम्भावना खोजीमा सघाउने धारणा राखे ।
नेपालको समावेशी व्यावसायिक वातावरण तथा साना एवं मझौला उद्यमको वृद्धिलाई सुदृढ तुल्याउनका लागि सामुदायिक अभ्यास संचालनकै सिलसिलामा किसानहरुबीच अनुभव आदान प्रदान गराइएको परियोजना प्रमुख रोशन नेपालले जानकारी दिए ।
तपाईको प्रतिक्रिया