पोखरा एक्सप्रेस ,तनहुँ ।
तनहुँमा ७१ हजार बढी पशुको बिमा गरिएको छ। जिल्लास्थित कृषकले पालेका ७१ हजार २१८ पशुको बिमा गरिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ।
पशुपालनतर्फ कृषकको आकर्षण बढ्दै गएपछि कृषकहरु पशु बिमातर्फ सचेत भएको केन्द्र प्रमुख रविनसन अधिकारीले जानकारी दिए। उनका अनुसार सबैभन्दा बढी कुखुराको बिमा ५९ हजार ९५९ कुखुराको गरिएको छ।
त्यस्तै एक हजार ७४२ गाई, ७४० भैँसी, एक हजार ५८१ बाख्रा, ६९६ बंगुर, ६ हजार ५०० माछाको बिमा गरिएको छ। बिमा गरिएको पशुको मूल्य २९ करोड ७५ लाख ४० हजार रहेको छ।
त्यसमध्ये गाईको १५ करोड ६७ लाख ८० हजार, भैंसीको ६ करोड ६६ लाख, बाख्राको १ करोड ५८ लाख दश हजार, बंगुुरको एक करोड ७४ लाख, कुखुराको चार करोड ४३ लाख ६ हजार, माछाको ५१ लाख चार हजार मूल्य रहेको छ।
बिमा गरिएकोमध्ये गाईमा १५ लाख ६७ हजार कृषकले बेहोरेका छन्। यस्तै भैंसीमा ६ लाख ६६ हजार, बाख्रामा रु एक लाख ५८ हजार, बंगुरमा एक लाख ७४ हजार, कुखुरामा तीन लाख ४४ हजार, माछामा आठ हजार कृषकले बेहोरेका छन्।
तनहुँमा ४९ हजार ७४२ गाई, ५३ हजार ३८३ भैंसी, तीन लाख ८८ हजार १७६ बाख्रा, ७२३ भेडा, सुँगुर बुंगुर ४६ हजार ८१३, कुखुरा ९ लाख ९८ हजार ९३६, हाँसको संख्या ११ हजार ९८७ रहेको कार्यालयले जनाएको छ। दुधालु गाइको संख्या १३ हजार ९४२, दुधालु भैँसीको संख्या २१ हजार ५०३ रहेको छ।–रासस
तपाईको प्रतिक्रिया