नवनिर्वाचित आत्रेय र ओझालाई लेउवा संघको बधाई एवं सम्मान
- Pokhara Express
- २०८३ बैशाख २६ शनिवार
पोखरा एक्सप्रेस ,लेखनाथ ।
नेपाल उद्योग वाणिज्य संघको हालै सम्पन्न ६० औं निर्वाचनबाट कार्यकारिणी सदस्य पदमा अत्याधिक मतका साथ निर्वाचित भएका संघका पूर्व अध्यक्ष छत्रधर आत्रेय र गण्डकी प्रदेश उद्योग वाणिज्य संघको कोषाध्यक्षमा निर्वाचित संघका पूर्व बरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझालाई शनिबार एक कार्यक्रमका विच बधाई तथा सम्मान व्यक्त गरिएको छ ।
कार्यक्रममा बधाई ज्ञापन एवं सम्मान गर्दै संघका अध्यक्ष जानुका पराजुली अधिकारीले नवनिर्वाचित आत्रेय र ओझा केन्द्रीय कार्यकारिणी सदस्य र गण्डकी प्रदेशको कोषाध्यक्षमा निर्वाचित हुँदा लेखनाथ उद्योग वाणिज्य संघ परिवार हर्षित भएको वताउँदै यसबाट विगतदेखी नै उत्कृष्ट भएको संघको छवि अझै उच्च भएको बताएकी थिईन ।
अध्यक्ष पराजुलीले नवनिर्वाचित द्धयलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै यस क्षेत्रका व्यवसायीहरुका साझा समस्याहरुलाई केन्द्रीय तहसम्म आवाज उठाउन संघ अझै सफल हुने विश्वास व्यक्त गरेकी थिईन ।
उक्त अवसरमा महासंघका पूर्व केन्द्रीय सदस्य बाबुराम गिरीले सम्पुर्ण लेखनाथवासीहरुको एकताले नै यो सफलता मिलेको वताउँदै आगामी दिनमा अझै एकतावद्ध भएर अगाडि वढ्नुपर्नेमा जोड दिएका थिए ।
संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण पराजुलीले आत्रेय र ओझाको विजय लेखनाथवासीहरुको मात्र जित नभई सम्पुर्ण नेपालका उद्योगी व्यवसायीहरुको जित भएको वताउँदै सोही बमोजिमको जिम्मेवारी निभाउन आग्रह गरेका थिए । ।
गण्डकी प्रदेश उद्योग वाणिज्य संघको कोषाध्यक्षमा नवनिर्वाचित संघका पुर्व वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले संघमा आवद्ध सम्पुर्ण उद्योगी व्यवसायीहरुको साथ र सद्भावले नै आफु निर्वाचित हुन सफल भएको वताउँदै आामी दिनमा सम्पुर्ण व्यवसायीहरुको भावना र मर्मबमोजिम अगाडी वढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
यस्तै महासंघको कार्यकारिणी सदस्य पदमा निर्वाचित संघका पूर्वअध्यक्ष छत्रधर आत्रेयले निर्वाचनमा संघले खेलेको भुमिका महत्वपुर्ण रहेको वताउँदै संघमा आवद्ध व्यवसायीहरुको एकता नै आफ्नो लागी शक्ति बनेको र आफु अत्याधिका मतका साथ निर्वाचित हुन सफल भएको वताएका थिए ।
उनले संघले गरेको सम्मानले आफुलाई अझै उर्जा मिलेको र आगामी दिनमा संघको गरिमा वढ्ने किसिमका कार्यहरु गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
संघका अध्यष जानुका पराजुली अधिकारी अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव भरतराज ओझा र धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र वाँस्तोलाले गरेका थिए ।
तपाईको प्रतिक्रिया