पोखरा एक्सप्रेस ,काठमाडौं।
ग्लोबल आईएमई बैंकले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा आफ्नो नाममा रहेको ४६ लाख ७७ हजार १२० कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ। बैंक रिलायबल नेपाल लाइफको संस्थापक सेयरधनी हो।बैंकले प्रतिकित्ता न्यूनतम २५० रुपैयाँ मूल्य तोकेर संस्थापक सेयर बिक्रीका लागि कम्पनीमा निवेदन दिएको हो।
कम्पनीबाट आज प्रकाशित सूचनामा संस्थापक समूहको शेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीलाई दिनुपर्ने भएकाले ३५ दिनको समय दिएर इच्छुक शेयरधनीबाट आवेदन माग गरेको हो।
सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आफूले खरिद गर्न चाहेको कित्ता र रकम खुलाएर आवश्यक कागजातसहित कम्पनीको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा निवेदन दिनुपर्नेछ।
कम्पनी वा संस्थाका तर्फबाट आवेदन दिँदा दर्ता प्रमाणपत्र, प्रबन्धपत्र, नियमावली र स्थायी लेखा नम्बरसमेत पेस गर्नुपर्नेछ। तोकिएको ३५ दिनभित्र विद्यमान संस्थापक सेयरधनीबाट बिक्री हुन नसकेको सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीको सूचनामा उल्लेख छ।
तपाईको प्रतिक्रिया