पोखरा एक्सप्रेस ,काठमाडौं।
एनआईसी एसिया बैंकले थप ७ वटा शाखा बन्द गर्ने भएको छ। बैंकले खर्च कटौती र वित्तीय अवस्थामा सुधार ल्याउने उद्देश्यले शाखा कार्यालय बन्द गर्ने क्रमलाई तीव्रता दिएको हो।
गत वैशाखमा एकैपटक ४४ वटा शाखा कार्यालय बन्द गरेको बैंकले पुनः विभिन्न स्थानका सातवटा शाखा बन्द गर्ने तयारी सुरु गरेको हो।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई खर्च व्यवस्थापन गर्न र आवश्यकताअनुसार शाखा समायोजन गर्न नीतिगत सहजीकरण गरेपछि एनआईसी एसियाले त्यसको उपयोग गर्दै शाखा बन्द गर्ने क्रम बढाएको हो। पछिल्लो समय काठमाडौं उपत्यकामा मात्रै ३५ वटाभन्दा बढी शाखा कार्यालय बन्द गरेको छ। बैंकले फेरि बन्द गर्न लागेका सातवटा शाखामध्ये काठमाडौंको ठूलोभर्याङ, रुपन्देहीका राममन्दिर बुटवल, देवीनगर र देवकोटा चोक, झापाको फाल्गुनन्द चोक तथा भक्तपुरका ट्याङ्लाफाँट र पुरानो ठिमी रहेका छन्। बैंकले यी शाखालाई क्रमशः नजिकका अन्य शाखामा समायोजन गर्नेछ।
तपाईको प्रतिक्रिया