पोखरा एक्सप्रेस ,बागलुङ ।
गत असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीका कारण क्षतिग्रस्त बनेको मालढुंगा पुल मर्मतको काम तीव्र गतिमा भइरहेको छ। पर्वत र बागलुङ जोड्ने यो पुल १४ दिनदेखि ठप्प हुँदा बागलुङसहित पश्चिम नेपालमा सञ्चालन हुने यातायात सेवा पूर्ण रूपमा प्रभावित भएको हो।
पुलको पर्वत खण्डतर्फको पहुँचमार्ग नदीले कटान गरेका कारण अहिलेसम्म सवारी साधन सञ्चालनमा आउन सकेका छैनन्। दुई सातादेखि निरन्तर काम भइरहे तापनि बाटो सञ्चालन गर्न अझै केही समय लाग्ने देखिएको छ।मर्मत कार्यलाई छिटो सम्पन्न गर्नका लागि बागलुङबाट नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली फिल्डमै खटिएर काम गरिरहेका छन्। बागलुङबाट खटिएका ३५ जना सुरक्षाकर्मीले विगत १० दिनदेखि निरन्तर रूपमा जिओ ब्याग र ग्याबिन भर्ने काम गर्दै आएका छन्।
तपाईको प्रतिक्रिया