पोखराको लेकसाइडमा मिरक्याट पार्कः खाना, खेल, संगीत र समुदाय जोड्ने नयाँ थलो
- Pokhara Express
- २०८३ असोज २५ आइतबार
पोखरा एक्सप्रेस ,पोखरा
पोखराको लेकसाइडमा खाना, खेल, संगीत र समुदाय जोड्ने नयाँ थलाको शुरुवात भएको छ । पर्यटन राजधानी पोखरा लेकसाइडको स्ट्रिट नम्बर १७ मा ‘मिरक्याट पार्क’ सञ्चालनमा आएको हो ।पोखराबाट सुरु भएको मिरक्याट इन नेपाल केन्द्रका रूपमा विकास गरिएको मिरक्याट इन नेपालका सञ्चालक सागर भट्टराईले जानकारी दिए । मिरक्याट पार्कमा खाना, कफी, वेलनेस, खेलकुद, संगीत, गेमिङ, सिर्जनशील गतिविधि तथा विभिन्न कार्यक्रमका लागि स्थान उपलब्ध छ । करिब ४ करोडको लगानीमा विभिन्न संरचनाहरु निमार्ण भएका छन् ।
मिरक्याटको मूल अवधारणा अर्थात् मानिससँग भेट्ने, नयाँ ठाउँ र अनुभव साटासाट गर्ने थलोको रुपमा विकास गर्ने मिरक्याट इन नेपालको सोच छ । पहिले एप्सका रुपमा काम गर्दै आएपनि अहिले भने भौतिक रूपमा कार्यान्वयन गर्न मिरक्याट पार्क विकास गरीएको उनको भनाई छ ।
मिरक्याट पार्कमा विभिन्न व्यवसाय तथा उद्यमीले व्यवसाय, आफ्ना उत्पादन र अनुभव प्रस्तुत गर्ने ठाउँको रुपमा विकास भएको छ । पोखरा रोस्ट्री कफीले कफी तथा स्थानीय संस्कृतिको अनुभवसँगै कफीसम्बन्धी कक्षा सञ्चालन गर्नेछ । लावण्य वेलनेसले वेलने ससम्बन्धी सेवा उपलब्ध गराएको छ भने पोराले रोटिसेरी चिकेन तथा स्म्यास्ड बर्गरको स्वाद दिनेछ ।त्यस्तै, उमामी मार्ट मार्फत कोरियन स्न्याक्स तथा उत्पादन उपलब्ध हुनेछन् । नेशनल ज्योग्राफिक एक्सप्लोरर रोहित गिरीको भेटघाट केन्द्रले प्रकृति, वन्यजन्तु तथा अनुसन्धानमा रुचि राख्नेहरूका लागि भेटघाट र छलफलको वातावरण बनाउने उनले बताए ।
संगीत र सिर्जनशील गतिविधिका लागि बैदाम जाम, खेलकुद तथा सामाजिक अन्तरक्रियाका लागि डिंकहाउस पिकलबल र गेमिङका लागि मिनी आर्केड हब समेत मिरक्याट पार्कमा रहेका छन् ।
पार्कमा योग, वर्कसप, पोड्कास्ट, ग्यादरिङ तथा विभिन्न सामुदायिक कार्यक्रम सञ्चालन गर्न बहुउद्देश्यीय हल समेत रहेको छ ।मिरक्याट पार्कलाई एउटा व्यवसायिक कम्प्लेक्सभन्दा पनि फरक–फरक रुचि र पृष्ठभूमिका मानिसलाई भेट्ने तथा नयाँ अनुभव साटासाट गर्ने साझा थलोका रूपमा विकास गर्न खोजिएको उनको भनाई छ ।
मिरक्याट पार्कसँगै सञ्चालन भइरहेको मिरक्याट डिजिटल प्लेटफर्मले नेपाल आउने विदेशी यात्रु, ब्याकप्याकर, डिजिटल नोमाड, स्थानीय, गाइड, होस्ट, उद्यमी, क्रियटर तथा पर्यटन व्यवसायलाई जोड्ने लक्ष्य राखेको छ ।डिजिटल प्लेटफर्ममा ट्रेक तथा एडभेन्चर, इभेन्ट, स्वयंसेवा, गाइड तथा होस्ट कनेक्सन, कम्युनिटी बुलेटिन तथा स्थानीय सूचना र सिफारिस लगायतका सुविधा समेटिएका छन् । यहाँ विभिन्न ६ वटा भवनमा विभिन्न पसलहरु छन् भने खेल्नका लागि, विभिन्न कार्यक्रम गर्नका लागि करिब ५० जना क्षमताको हल पनि छ ।
तपाईको प्रतिक्रिया