पोखरा एक्सप्रेस ,पोखरा ।
Changan Automobile को नयाँ–ऊर्जा सवारी साधन लाइनअन्तर्गतको NEVO Q05 शुक्रबार पोखरामा सार्वजनिक हुने भएको छ। नेपालमा Changan का लागि अधिकृत डिलर MAW Vriddhi Autocorp Pvt. Ltd. ले पोखराको चौतास्थित Deepal Showroom मा Q05 सार्वजनिक गर्न लागेको हो।सार्वजनिकपछि असोज ३ देखि ६ गतेसम्म चार दिने टेस्ट ड्राइभ कार्यक्रम आयोजना गरिने कम्पनीले जनाएको छ। कार्यक्रममा ग्राहकले NEVO Q05 प्रत्यक्ष अनुभव गर्न सक्नेछन्।कम्पनीका अनुसार Q05 को Ultra भेरियन्टको विशेष मूल्य ५१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। गाडीमा ५१.९ kWh CATL LFP ब्याट्री तथा Changan को Golden Shield 2.0 Battery System प्रयोग गरिएको छ। यसले 3C फास्ट चार्जिङ सपोर्ट गर्ने र अधिकतम DC चार्जिङ क्षमता १६२ kW सम्म रहेको कम्पनीको दाबी छ।
Q05 मा १२० kW को इलेक्ट्रिक मोटर जडान गरिएको छ। NEDC परीक्षणअनुसार यसले एकपटकको चार्जमा ४६२ किलोमिटरसम्मको ड्राइभिङ रेन्ज दिने तथा ऊर्जा खपत प्रति १०० किलोमिटर १२.९ kWh रहेको कम्पनीले जनाएको छ। ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न करिब १५ मिनेट लाग्ने दाबी पनि गरिएको छ।
Compact Electric SUV का रूपमा प्रस्तुत गरिएको Q05 मा २,७३५ मिलिमिटरको ह्वीलबेस रहेको छ। पछाडिका सिटलाई Reclining गर्न मिल्ने तथा ५४० लिटरको बुट स्पेस रहेको कम्पनीले जनाएको छ।डिजाइनतर्फ Q05 लाई Changan को विश्वव्यापी डिजाइन नेटवर्कअन्तर्गत विकास गरिएको बताइएको छ। कम्पनीका अनुसार यसको डिजाइनले Golden A’ Design Award समेत प्राप्त गरेको छ।Changan NEVO का अनुसार अगस्ट २०२६ को अन्त्यसम्म Q05 को विश्वव्यापी बिक्री १ लाख २५ हजारभन्दा बढी युनिट पुगेको थियो। चीनमा Compact SUV सेग्मेन्टमा लगातार चार महिनासम्म बिक्रीमा अग्रता हासिल गरेको पनि कम्पनीको दाबी छ।
नेपालमा Deepal मार्फत विस्तार भइरहेको Changan को नयाँ–ऊर्जा सवारी साधन पोर्टफोलियोमा NEVO Q05 थपिएसँगै Compact Electric SUV बजारमा नयाँ विकल्प थपिने भएको छ।
तपाईको प्रतिक्रिया